वीरकी नर्स जोशीलाई नाइटिंगल नर्सिङ अवार्ड

Read Time = 2 mins

काठमाडौं । नाइटिंगल नर्सिङ अवार्ड-२०२३ बाट वीर अस्पताल अन्कोलोजी वार्डकी प्रमुख नर्स लक्ष्मी जोशी सम्मानित हुनुभएको छ । जोशीले नेपालको नर्सिङ पेशामा गरेको योगदानको मूल्यांकन गर्दै हेल्थ एट होम, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेसन, नेपाल भेन्टिलेटर्स सर्भिस, सघन क्रिटिकल केयर एसोसिएट्स र मेड प्रो इन्टरनेसनलले संयुक्तरूपमा उक्त अवार्ड प्रदान गरेका हुन् ।

राजधानीमा आयोजित एक कार्यक्रमबीच सामाजिक अभियन्ता अनुराधा कोइराला र हेल्थ एट होम मेड प्रो इन्टरनेसनलका संस्थापक डा. विशाल ढकालले जोशीलाई अवार्ड तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो । १० जना मनोनीत नर्समध्ये जोशीलाई अवार्ड प्रदान गरिएको हो ।

फ्लोरेन्स नाइटिंगेलको नामबाट अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर हेल्थ एट होमले हरेक वर्ष नर्सलाई सम्मान गर्दै आएको छ । हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिनेलगायतका अन्य सेवा प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?