सेयर बजारमा लगातार तेस्रो दिन पनि सुधार

Read Time = 2 mins

काठमाडौं। सेयर बजारमा लगातार तेस्रो दिन पनि सुधार देखिएको छ ।  बिहीबार नेप्से सूचक ७।२७ अंकले बढेर १९३९.६१ विन्दुमा पुगेको छ ।

२ अर्ब ३० करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ । पछिल्लो केही समययता नेप्से सूचकसँगै कारोबार रकममा पनि सुधार हुँदै गएको छ । विशेषगरी, सेयर बजारलाई प्रभावित बनाइरहेका समस्यहरु क्रमशः हल हुँदै जाँदा बजार पनि सकारात्मक बन्न थालेको हो ।

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलताको अवस्थामा सुधार हुँदै गएको छ । कर्जा निक्षेपको अनुपात तल आएको छ भने अन्तर बैंक ब्याजदर पनि घटेको छ । गत वर्ष बाह्य कारणहरुले अर्थतन्त्रमा असर गरेको थियो र उच्च ब्याजदरका कारण सेयर बजार पनि प्रभावित बनेको थियो । यद्दपि, पछिल्लो समय ब्याजदर केही घट्ने क्रममा रहेको छ ।

साथै, सेयर बजारको बियरिस चक्र पनि करिब पूरा भइसकेकाले बजारले सकारात्मक गति समाउने लगानीकर्ताको आशा छ । बिहीबार २७३ कम्पनीको ५९ लाख ६२ हजार कित्ता भन्दा बढी सेयर कारोबार भएको छ । दोल्ती पावर कम्पनीको सेयर भाउमा सकारत्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आइजीआई प्रुडेन्सियल इन्सुरेन्स अघि आएको छ ।


Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?