सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने ओईसीडीको प्रक्षेपण

Read Time = 3 mins

पेरिस । सन् २०२३ मा विश्वअर्थतन्त्र २.७ प्रतिशत र सन् २०२४ मा २.९ प्रतिशतले वृद्धि हुने आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी)ले प्रक्षेपण गरेको छ । ‘ऊर्जाको कम मूल्यले घरायसी बजेटमा तनाव कम गरिरहेको छ, व्यापार र उपभोक्ताको भावना कम स्तरबाट भए पनि सुधार भइरहेको छ, र कोभिड महामारीपछि पुनः सामान्य अवस्थामा फर्किएको चीनका कारण विश्वव्यापी गतिविधिलाई बढावा दिएको छ’, ओईसीडीले भनेको छ ।

युरो क्षेत्रमा घट्दो मुद्रास्फीतिले वास्तविक आय बढाउन मद्दत गर्नेछ र सन् २०२३ मा ०.९ प्रतिशतबाट २०२४ मा १.५ प्रतिशतमा जीडीपी वृद्धिमा योगदान पु¥याउनेछ । सन् २०२३ मा संयुक्त राज्य अमेरिकाको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर १.६ प्रतिशत रहने अनुमान गरिएको छ भने सन् २०२४ मा यो १ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘मुद्रास्फीति अझै नाजुक छ र जोखिमहरू नकारात्मकतर्फ झुकेका छन्, एक प्रमुख चिन्ता भनेको मुद्रास्फीति अपेक्षा गरिएको भन्दा बढी रहन सक्छ ।’

विश्वका विभिन्न १९ मुलुकसहित युरोपेली संघसहितको समूह जी-ट्वन्टी अर्थतन्त्रमा वार्षिक उपभोक्ता मूल्य (मुद्रास्फीति) सन् २०२२ मा ७.८ प्रतिशतबाट घटेर सन् २०२३ मा ६.१ प्रतिशत र सन् २०२४ मा ४.७ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ । आर्थिक वृद्धिका लक्ष्य कायम राख्न, ओईसीडीले देशहरूलाई उनीहरूको वित्तीय नीतिहरू समायोजन गर्न र दिगो विकासलाई बढावा दिन सिफारिश गर्दछ ।

प्रतिवेदनमा ओईसीडीका महासचिव म्याथियास कोरम्यानले आर्थिक पुनः उत्थान पहिलेको तुलनामा केही बढी आशावादी रहेको बताउनुभएको छ । तर, अर्थतन्त्रको हरित र डिजिटल रूपान्तरणलाई सुरक्षित गर्दै उत्पादकत्व बढाउन संरचनागत सुधारलाई प्राथमिकता दिन जरूरी रहेको उहाँको भनाइ छ । रासस/सिन्हृवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?