दुर्घटना न्युनीकरणका लागि धादिङ प्रहरीको ‘ यात्रुसँंग पाँच मिनेट’ अभियान

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 5 mins

धादिङ । दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय धादिङले यात्रुसँंग पाँच मिनेट’ नामक सचेतना अभियान थालेको छ ।
पृथ्वीराजमार्ग र कालुपाण्डे सडक खण्डमा हुन सक्ने संभावित दुर्घटना रोक्न नेपाल प्रहरी र ट्राफिक प्रहरीले ‘चालक तथा यात्रुसँग पाँच मिनेट’ नामक सचेतना अभियान थालेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिनुभयो ।

मिश्रले भन्नुभयो, “विशेषगरी राजमार्गमा हुन सक्ने संभावित दुर्घटना रोक्ने प्रयास स्वरुप हो । राजमार्ग क्षेत्रमा बढी दुर्घटना हुने गरेको छ । चालकहरुको अत्याधिक लापरबाही, ओभर स्पिडर मद्ययपान सेवन गरी सावारी साधन सञ्चालन गर्दा दुर्घटनाको मुख्य कारण बनेको छ । हामीले राजमार्ग क्षेत्रको मुख्य मुख्य चोक र चोरी बाटोहरुमा प्रहरीले चेकजाँच गर्ने गरेको छ । कति चालकहरु त कारबाहीमा परिसकेका छन् । दुर्घटना न्युनीकरण गर्न समय समय हामीले चेतना मूलक कार्यम गर्दै आएका छौ र अहिले फेरी यात्रुसँग पाँच मिनेट’ नामक सचेतना अभियान सुरु गरेका छौ । यस पक्कै यात्रु र चालकहरुलाई फाइदा नै पुग्छ भन्ने आशा लिएको छु ।”

उक्त अभियानमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले नेतृत्व लिनु भएको छ । पृथ्वीराजमार्गको धादिङ खण्डमा हुने सडक दुर्घटना न्युनीकरणको लागि दैनिक ४० जनाको हाराहारीमा प्रहरी परिचालन गरिएको प्रहरी उपरिक्षक मिश्रले जानकारी दिनुभयो ।

संघीय राजधानीसँग जोडिएको पृथ्वीराजमार्गमा सवारी दुर्घटनाबाट हरेक वर्ष कयौंको ज्यान जाने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/०८० को बैशाख मसान्तसम्म मात्रै १ सय ५६ सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा ३२ जनाको ज्यान गुमाएका छन् । त्यस्तै ४७ जना गंभीर घाइते र २ सय ७२ जना सामान्य घाइते भएको तथ्यांक छ । सो अभियानमा प्रहरीले चालक र यात्रुहरुलाई दुर्घटनाबारे प्रहरीले सचेत गराउने र गुनासो टिपोट गर्ने काम गरिरहेको छ । यात्रुसँग पाँच मिनेट अभियानले ट्राफिक नियम तथा सवारी दुर्घटना सम्बन्धि जनचेतना, आरक्षण सिट, बढी भाँडा, रिफ्लेटिक्भ स्टिकर टास लगायत सम्बन्धि जानकारी दिने गरिएको छ ।

सवारीलाई पाँच मिनेट रोकेर यात्रुसँग भलाकुसारी गर्दा सरकारले कायम गरेको भाडा दर यातायात व्यवसायी सञ्चालकहरुले कायम नगरेको यात्रुहरुले गुनासो गर्ने गरेको पाइएको छ । प्रहरीले नियम विपरित चलाउने चालकलाई कारबाही गरेर पनि नियम पालना गर्न लगाउँदै आएको छ ।
सरकारले घटाएको भाडादर धादिङमा कायम नहुँदा यात्रुहरु मार परेको एक यात्रुको भनाई छ । धादिङदेखि काठमाडौं सम्मको नयाँ भाडादर रु २५९ छ, तर यातायात व्यवसायीहरुले पुरानो भाडा रु २७५ नै लिने गरेको छ । यस्तै हाइसले भने रु ३०० लिने गरेको छ ।

सरकारको नियमलाई पालन नगरी धादिङबाट सञ्चालित छोटो तथा लामो दुरीका सवारी साधनहरुले मन लाग्दी भाडा लिने गरेपछि धादिङ प्रहरीले यस निगरानी समेत गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?