पानी पार्न पाल्पा रामपुरका स्थानीयले गरे इन्द्रको पूजा

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 3 mins

पाल्पा । लामो समयसम्म पानी नपरेपछि पाल्पाको रामपुरमा पानी पार्न भन्दै सामूहिक पूजापाठ गरिएको छ । रामपुर नगरपालिका–६ गैटारस्थित अकला कालिका दुर्गा मन्दिरमा स्थानीयले इन्द्रको पूजा गरेका हुन् ।

असार लाग्नै लाग्दा पनि पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली, अन्नबाली तथा फलफूल सुक्न थालेपछि स्थानीयले पानी पार्न भन्दै इन्द्रसँग प्राधना गरेका छन् । मन्दिर पूजाआजा गरी नजिकै रहेको कालीगण्डकी नदी परेवाघाट किनारमा पुगेर स्थानीयले पानी मागेका हुन् ।

भगवान इन्द्रको पूूजा गरेमा पानी पर्ने जनविश्वासका साथ पूूजा गरिएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद अर्यालले बताउनुुभयो ।
भगवान इन्द्र रिसाएर लामो समय पानी नपरेको हो कि भनेर स्थानीयले धूमधामका साथ इन्द्रको पूजा गरिएको बताउका छन् । रामपुरसहित जिल्लाका अधिकांश क्षेत्रमा पानी नपरेकाले दैनिक जनजीवन प्रभावित हुनुका साथै कृषकले लगाएको धान,तरकारी बाली सुक्ने अवस्था आएको छ । इन्द्र भगवानलाई खुसी पार्न बाजागाजसहित पूजा गरिएको रामपुरका स्थानीय लोकनाथ खनालले बताउनुभयो । उहाँले भन्नुभयो ‘विगतदेखि नै पानी नपर्दा रुद्री लगाउने, इन्द्रको पूजा गर्ने गर्दै आएको र पूजा गरेपछि पानी पथ्यो ।’ उहाँका अनुसार भगवान इन्द्रलाई मनाएर, खुसी पारे पछि पानी पर्दछ ।

पछिल्ले समय किसानले वर्षाको बेलामा नै प्रर्याप्त वर्षा भएको र कुनै बेला अनधिकृत रूपमा बाढी आउने गरी वर्षा हुने गरेकाले यसमा देवता रिसाएको भन्दै पूूजा र भाकल गर्ने क्रम बढेको छ । देवताको पूजा आराधना गरे पानी पर्ने विश्वासले देशका धेरै ठाउँहरुमा पूजा र भाकल गर्ने पाइन्छ । खडेरीले बालीनाली सुकाएको, विभिन्न प्रकारका रोग व्याधि भित्रन सक्ने खतरा बढाएकाले अन्तिम दैवी शक्तिका रूपमा रहेका देवताको पूूजा गर्ने परम्परा रहि आएको बताईन्छ । ‘अन्तिम शक्ति भनेका देवता नै हुन् । देवताको भाकल गरे अवश्य नै वर्षा हुन्छ’ रामपुरका स्थानीय प्रकाश बस्याल बताउनुहुन्छ । तीव्र जनसंख्या वृद्धि, वन जंगलको विनासका कारण समयमै पानी नपरेको जानकारहरु बताउँछन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?