तातोपानी बजारमा सडक कालोपत्रे

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । बेनी नगरपालिका–४ सिंगास्थित तल्लो तातोपानी बजारको सडक कालोपत्रे गरिएको छ । बेनी–दरवाङ सडक अन्तरगत रहेको सिंगाको तल्लो तातोपानी बजारको सडक कालोपत्रे सम्पन्नले तातोपानीबासी र कुण्डमा आउने पाहुनालाई हिलो र धुलोको समस्याबाट मुक्त बनाएको तातोपानीबासी एवम् वडासदस्य प्रेम श्रीसले बताउनुभयो ।

बेनी नगरपालिकाले चालू आर्थिक बर्ष २०७९–८० मा २१ लाख ५२ हजार रुपैयाँ बजेट विनियोजनबाट ३३९ मिटर सडक प्रिमिक्स प्रविधिबाट कालोपत्रे गरिएको वडामा कार्यरत सव–इन्जिनियर मिलन खत्रीले बताउनुभयो । उक्त सडकको कालोपत्रे काम सोमरस निर्माण सेवाले गरेको थियो ।

त्यस्तै अर्को शिर्षक विनियोजित १५ लाख बजेट मार्फत सोही क्षेत्रमा २० मिटर लामो मेसिनरी पर्खाल, सवारी आवतजावतलाई असहज बनाएको ठुलो ढुङ्गा फुटाउने र १०३ मिटर सडक ढलान गरिएको सव–इन्जिनियर खत्रीले बताउनुभयो ।

यसबर्ष तल्लो बजारको कालोपत्रे गरियो भने अर्को उपल्लो तातोपानी बजारको सडक पनि कालोपत्रे गर्ने योजना वडाको रहेको वडासदस्य श्रीसले भन्नुभयो । प्राकृतिक उपचार गर्न आउने विरामी लगायतको संख्यामा बृद्धि हुन थालेपछि कुण्ड स्नान गर्ने पूर्वाधारलाई ब्यवस्थित, स्थानीय होटल ब्यवसायीले होटलको सुविधा विस्तार र स्थानीय सरकारले सडक लगायतको पूर्वाधार निर्माणमा जोड दिएको उहाँले बताउनुभयो ।

प्राकृतिक उपचार स्थलकोे रुपमा चिनिएको तातोपानी कुण्डमा डुबेर स्नान गर्न स्वेदश तथा विदेशबाट बार्षिक हजारौ पाहुनाहरु आउने गर्छन । सदरमुकाम बेनी देखि तातोपानी बजार हुदैँ मंगला गाउँपालिकाको सिमसम्मको १२ किलोमिटर सडक कालोपत्रे भएपछि कुण्डसम्म स्नान गर्न जानेलाई सहज भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?