त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर गोली चल्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर गोली चलेको छ । विमानस्थलको गेटनजिक लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन टोलीले गोली चलाएको हो ।

टोलीले लागुऔषध कारोबारी एक युवकलाई नियन्त्रणमा लिन घुँडामुनि गोली प्रहार गरेको हो ।  ती युवकको परिचय खुलिसकेको छैन भने उनलाई उपचारका लागि केएमसी अस्पतालमा लगिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?