विकास बस्तीबस्तीबाट, चेतना जनजनबाट

Read Time = 14 mins

स्वयम्भुनाथ कार्की
✍️ पलासीको युद्धपछि इष्ट इण्डिया कम्पनीले आर्यावर्तमा पञ्जा गाड्न सुरु गरिसकेको थियो । यस भेकका हजारौं मुलुकहरूमध्ये कमजोर तथा धनलोलुप शासक भएका मुलुकहरूको तिरो उठाइदिने ठेक्का लिएर शासनमा प्रत्यक्ष हस्तक्षेप सुरु भएको थियो । सन् १७५७ लाई करिब दुई शताब्दी लामो भारतको दास युगको आरम्भ मानिन्छ । तैपनि यस भेकको आध्यात्मिक संस्कृतिक मूल्य मान्यता समाप्त गर्न तथा शिक्षापद्धति बदल्न जरुरी थियो । यस भेकका बासिन्दामा हामीभन्दा अंग्रेज श्रेष्ठ हुन् भन्ने कुरा स्थापित गराउनु आवश्यक थियो ।

स्थानीयको आत्मसम्मान समाप्त पार्न शिक्षा पद्धति तथा सामाजिक व्यवहार ध्वस्त पारेर आफ्नो स्थापना गराउनु थियो । यो काम सम्पन्न गरे लार्ड मेकालेले जसको प्रभाव यस्तो बलियो बसेको छ कि आज पनि भारतमा उनको गुलामी प्रवद्र्धन गर्ने कामलाई समाज सुधारको कोसेढुंगा मान्नेको कमी छैन । समग्रमा पश्चिमेलीहरूको आँखाले भारतवर्ष देख्ने यो आर्यवर्त सभ्यता, संस्कार, ज्ञान, सम्पन्नता कुनै कुरामा अरूभन्दा कम थिएन, बरू ज्यादै थियो । तक्षशिलालाई पौराणिक माने पनि नालन्दा त इतिहासमै वर्णित विश्वविद्यालय हो, भनिन्छ जसलाई नष्ट गर्न जलाउँदा यसको पुस्तकालयको आगो नै महिनौं बलेको थियो । अनेकौंबाहिरी आक्रमणकारीको आकर्षण नै यसका ती सम्पत्तिको लोभ थियो र तारो भएको थियो ।

पिछडिएको स्थान भएको भए बेलाइतले कोलम्बसलाई भारतको समुद्री बाटो खोज्न पठाउनु नै पर्ने थिएन । आफ्नोभन्दा उच्च सभ्यता भएको आर्यवर्तका स्थानीयलाई आफ्नो गौरव गर्न योग्य परम्परा संस्कृतिलाई तुच्छ र अंग्रेजको परम्परा संस्कृतिलाई उच्च मान्ने बनाउन लर्ड मेकालेले नसकेको भए झण्डै दुई शताब्दी लामो हैकम बेलायतले चलाउन सक्ने नै थिएन । अहिले त्यो मध्ययुग छैन न त्यसरी कुनै मुलुकलाई उपनिवेश बनाउन सजिलो छ ।

वर्तमानमा मानसिक उपनिवेश बनाउने प्रक्रिया जारी छ । विभिन्न नाममा आएका अन्तर्राष्ट्रिय गैरसरकारी संगठनमात्र होइन अनेक विकासे कार्य गरिदिने भनेर आएका संगठनले तेस्रो विश्वमा प्रगतिको साझेदार भएजस्तो देखिन्छ तर वास्तवमा यस्ता निकायहरू शोषणका औजार हुन् ।

यसै कारणले वर्तमानमा मानसिक उपनिवेश बनाउने प्रक्रिया जारी छ । विभिन्न नाममा आएका अन्तर्राष्ट्रिय गैरसरकारी संगठनमात्र होइन अनेक विकासे कार्य गरिदिने भनेर आएका संगठनहरूले तेस्रो विश्वमा प्रगतिको साझेदार भए जस्तो देखिन्छ तर वास्तवमा यस्ता निकायहरू शोषणका औजार हुन् । जसको प्रथम काम परम्परागत स्थानीय सन्तुलनलाई चौपट पारेर आफ्नो मुलुकको निमित्त बजार, कच्चा मालको करिब करिब सित्तै आपूर्ति, सस्तो श्रमिक आपूर्ति हो । अझ स्थानीय पु“जीको नाममा समूह बनाएर सधैँ एक निश्चित आमदानीभन्दा बढ्न नदिनु यस्ता संगठनहरूका कार्य हुन् ।

सुरुसुरुमा लगानी गरे पनि केही समयभित्र नै त्यहाँको लगानीमात्र होइन आफ्नो संगठन सञ्चालनको सम्पूर्ण व्यय पनि त्यही समुदायबाट निकालेको प्रत्यक्ष देख्न पाइन्छ । अनिवार्य वचतको नाममा पुँजी निर्माण गरेर किस्तावारि भुक्तानी गर्ने गरेर चर्को ब्याजमा तिनैलाई लगानी गरेको रकमको ब्याज चर्को महसुस नहुनुको कारण छोटो अवधिको किस्ता हो । भरसक दैनिक नत्र साप्ताहिक किस्ताको रूपमा लिएको भुक्तानीको रकम सानो हुने भएकाले यो महसुस हुन नसकेको हो । तर, यसलाई हिसाबमा उतारेर हेर्ने हो भने वार्षिक रूपमा चर्को ब्याज पर्न गएको हुन्छ ।

यस किसिमका आर्थिक समूहहरू परम्परागत पनि थिए । त्यो परम्परगत अवधारणामा आधारित भए बचत संकलन र त्यो बचत संकलकहरूको आर्थिक भरथेग गर्ने स्वदेशी प्रयत्न पनि नभएको होइन । विभिन्न गुठीहरू वा कुलायन समूहहरू आफ्ना सदस्यलाई आपैंmबाट संकलन गरेको पुँजीबाट ऋण सापटी दिने र उठाउने गर्दछन् । यो नितान्त आफ्ना सदस्यबीचको व्यवहार भएकाले समूह बाहिर व्यवस्थापन खर्च व्यहोर्न पर्दैन । चलन चलेका लघुवित्तहरूका समूह र यस्ता परम्परागत समूह हेर्दा उस्तै लागे पनि सञ्चालन विधिमा आकाश जमिनको फरक छ ।

परम्परागत समूहहरू आफ्नोे आवश्यकता अनुसार आफूलाई नियमन गर्दछन् । अरू समूह सदस्यहरूको आवश्यकता होइन आफ्नो योजनाअनुसार नियमन गर्दछन् । विकास बस्तीबस्तीबाट, चेतना जनजनबाट भन्ने कुरामा माथिका कुराहरू असान्दर्भिक लाग्न सक्छन् तर असान्दिर्भिक भने होइन । लर्ड मेकालेको अवधारणाबमोजिम आपूmलाई भन्दा अरूलाई नै महान् ठान्ने सोच वृद्धि भएको अवस्थामा विकास माथिबाट, चेतना विकसित मुलुकबाट भन्ने धारणाले मलजल पाएको छ । देखाउनको निमित्त समुदायमा छलफल गरेको अभिनय पनि मञ्चन हुने गर्दछ तर पहिले नै अवचेतनमा हीनभावना पसाइदिएकाले यस्ता छलफलहरू वास्तवमा छलफल हुने गर्दैनन्, प्रवचन तथा निर्देशन हुने गर्दछन् ।

यस कुराको प्रमाण त्यसबेला पाइन्छ जब मुलुकका कुनै पनि भागका यस्ता समुदायका सदस्यहरूले सञ्चारमाध्यममा प्रतिक्रिया व्यक्त गर्दछन् । अचम्म लाग्ने गरेर सुदूरपूर्वको कुनै समूहको सदस्यको र सुदूरपश्चिमको कुनै समूहको सदस्यको भनाइको अर्थमात्र होइन शब्द तथा शैली पनि एकै सुन्न, पढ्न पाइन्छ । मानौँ कुनै मन्त्र जसरी उत्तर रटाइएको छ जसको शुद्ध प्रस्तुति उनीहरूको परीक्षा हो । मौलिकता, आफ्नो चिन्तनको नितान्त अभाव भएका र घोकाइएका यस्ता प्रतिक्रियाहरू नै विकासे संस्थाहरूको शोषणका बलिया प्रमाण हुन् ।

एकै घरका, अझ एकै बाबुआमाका सन्तानहरू त सबैको आवश्यकता प्राथमिकता एकै नहुन सक्छन् । त्यस्तै अलग-अलग परिवेश अलग-अलग सांस्कृतिक परिवेशका एकअर्कामा प्रत्यक्षसम्बन्ध नभएका समूहहरूको आवश्यकता तथा प्राथमिकता एकै नहुन सक्छन् । त्यसैले विदेशी संस्थाहरूले निर्धारण गरेको अन्य मुलुकको आवश्यकता तथा प्राथमिकता मिल्दैन । कुनै कुरामा सहमति जनाउँदैमा यदि सित्तैमा केही आउँदैछ भने किन सही नथाप्ने ? भन्ने सोचले गरिएको विकास र फैलाइएको चेतना मन्दविष झैँ हानिकारक हुन्छ र यही नै तेस्रो विश्वको दूरावस्थाको कारक हो ।

यसैले विकास बस्तीबस्तीबाट हुनुपर्छ अनि चेतना जनजनबाट फैलिनुपर्दछ यो नै हाम्रो परम्परा हो, यो नै हाम्रो संस्कृति हो । ‘नेपालमा गाउँ विकासका लागि विकेन्द्रीकरण’ विषयमा विद्यावारिधि गरेका डा. शास्त्रदत्त पन्तकोे ‘व्यवस्थित बस्तीबाट गाउँ विकास’ सिद्धान्त स्थानीय आवश्यकता अनुसार व्यवस्थित गाउँ विकास नै प्रगतिको मार्ग हो भन्ने हो ।

कुनै पनि मुलुकको सानो एकाइ भनेको त्यसको एक एकाइ नागरिक हो, ती नागरिकको समूहले परिवार बन्छ र परिवारको समूहले बस्ती । त्यसैले व्यवस्थित बस्ती विकास भयो भने गाउँ विकास आपैंm हुन्छ । यसरी गाउँगाउँ विकास भएमा समग्र मुलुकको विकास हुन्छ । तलबाट भएको विकास र पैmलिएको चेतनाले मुलुकको जग बलियो हुन्छ । प्रत्यक्ष भागिदारी र कर्तव्य पालनले पैदा भएको प्रगति तथा चेतना हरेकको आफ्नो हुन्छ । त्यसमा ममता हुन्छ, आफ्नोपनको न्यानो हुन्छ । यसले स्वावलम्बन जन्मिन्छ, स्वावलम्बनले आत्मसम्मान पैदा हुन्छ ।

कुनै पनि मुलुकको सानो एकाइ भनेको नागरिक हो, ती नागरिकको समूहले परिवार बन्छ र परिवारको समूहले बस्ती । त्यसैले व्यवस्थित बस्ती विकास भयो भने गाउँ विकास आफैँ हुन्छ । यसरी गाउँगाउँ विकास भएमा समग्र मुलुकको विकास हुन्छ ।

यो सम्पूर्ण परिस्थिति नै एक उन्नत समर्थ तथा दिगो मुलुक बनाउने सबैभन्दा उपयुक्त माध्यम हो । ‘एक थुकी सुकी, सय थुकी नदी’ भन्ने उखानै छ । दुई हातले दशौं हात, दशौं हातले सैकडौं हात हुँदै जब करोडौं हात आफ्नो निमित्त उन्नति गर्न अग्रसर हुन्छन् त्यस मुलुकको प्रगति जस्तोसुकै शक्तिले पनि थुन्न सक्दैन । त्यसैले आजको माग पनि छ हरेक कुरामा जनजनको भागिदारिता, चाहे जे भनेर जनजनमा यो भागिदारिता पुग्छ पुगोस् त्यो नै आजको चिन्तन हुनुपर्दछ ।

आवश्यकता नभएको वस्तु जति नै मूल्यवान भए पनि त्यो केवल प्रदर्शनको वस्तु हुन्छ । टाट्नामा बा“धेर दाना पानी दिएको वस्तु मोटोघाटो त हुन्छ तर उसको जीवन दाताको मर्जीमा हुन्छ । त्यसै गरेर अन्तबाट प्रक्षेपित कार्यक्रमले स्थानीयलाई आशामुुखी बनाइदिन्छ । आफ्नो घर सुन्दर बनाउन दाता कुरेर बस्ने मानसिकता यस्तै विकासे कार्यक्रमका उपजहरू हुन् । आज मुलुकका हरेक स्थानमा आफ्नो सामुन्नेको सानोभन्दा सानो समस्याको समाधान पनि अरूले नै गरिदेओस् भन्ने सोच उग्र हुँदैछ । सम्बन्धित निकय खोज्न तथा अरूसँग माग्न गरिने श्रमको सानो भागले पनि समस्या समाधान गर्ने प्रयत्न गरिएको भए सम्भवतः समाधान हुने थियो । आफ्नो गाउँठाउँका समस्याहरू स्थानीय सोच तथा बुद्धिले हल गर्दै गएको भए मरूभूमिको ज्यानमारा गर्मीमा जीवन नै बन्धकी राखेर श्रम गर्नुपर्ने थिएन ।

जति विकास वा प्रगति भयो भनेर दाबी गर्ने गरिन्छ यदि त्यो भएको भए जीवनस्तर अर्काको मुलुकमा गर्ई दास सरह खटेर बनाउने हुँदैन थियो । यही माथिबाट लादिएको आवश्यकता, सित्तैमा प्राप्त हुने भन्ठानेर मिलाइएको होहोमा होहो नै आजको अवस्थाको जनक हो । सित्तैमा पाएको भनिएका यस्ता कुराले भौतिकरूपमा केही त दियो होला तर जीवन नै शोषणमा परेको छ । सन्दर्भ बेग्लै भए पनि परमाणु बमले ध्वस्त बनाएको, आर्थिक भौतिक रूपमा धुलो चटाइएको जापान आजका मितिमा विश्वको अर्थतन्त्र हल्लाउन सक्ने हैसियतमा पुगेको छ । यो हैसियत कुनै अन्तर्राष्ट्रिय विकासे संस्थाहरूको प्रयत्नले पाएको होइन त्यस मुलुकका जनताको होष्टेहैंसेले पाएको हो । त्यसैले आशाको किरण जीवित नै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?