दार्चुलामा हिउँमा चिप्लिएर बालिकाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

दार्चुला । दार्चुलामा यार्सागुम्बा संकलन गरी परिवारका सदस्यसहित घर फर्किरहेकी एक बालिकाको हिउँमा चिप्लिएर मृत्यु भएको छ ।

जिल्लाको खलंगास्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा ६ कक्षामा अध्ययनरत १४ वर्षीया आरती कार्कीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । व्याँस गाउँपालिकाको हुमदुम्तीमा हिउमा चिप्लिएर घाइते भएकी बालिकाको परिवारका सदस्यले उपचारका लागि दार्चुला जिल्ला अस्पतालमा भर्ना गरेका थिए ।

जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको हल्द्वानी रेफर गरिएको थियो । त्यहाँ लैजादै गर्दा बालिकाको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?