इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन

Read Time = 1 min

एजेन्सी । इटलीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको सोमबार निधन भएको छ । तीन पटकसम्म इटालीको प्रधानमन्त्री बन्नुभएको बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको हो । उहाँको जनतामाझ राम्रो प्रभाव थियो ।

उहाँ दोस्रो विश्व युद्धपछि इटालीमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बन्नुभएको थियो उहाँ सन् १९९४ देखि २०११ बीचमा तीन पटकसम्म प्रधामन्त्री पदमा रहनुभयो । बर्लुस्कोनी इटालीको चर्चित फुटबल क्लब एसी मिलानका पूर्वप्रमुख पनि हुनुहुन्छ । एसी मिलान यस सिजन च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको थियो ।

उहाँको चर्चा रंगीन जीवनशैलीका लागि पनि हुन्थ्यो । आफ्नो यस परिचयका कारण उहाँ विश्वभर चिनिनुहुन्थ्यो । उहाँ एक सफल व्यवसायी पनि हुनुहुन्थ्यो । उहाँ अनेक विवादमा पनि जोडिनुभएको थियो । उहाँको नामसँग कयौं स्क्याण्डल जोडिएका थिए । उहाँले जुन पार्टी बनाउनुभएको थियो अहिले त्यो इटालीको सत्ताधारी गठबन्धनको सदस्य पनि छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?