‘शब्दबिम्बमा सत्यमोहन’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीमाथि विभिन्न व्यक्तिहरूद्वारा लेखिएको लेख-रचनाहरूको सँगालो ‘शब्दबिम्बमा सत्यमोहन’ सार्वजनिक गरिएको छ । गोपीकृष्ण ढुंगानाद्वारा सम्पादित उक्त कृति एक कार्यक्रमबीच काठमाडौंमा अग्रज पत्रकार तथा लेखक भैरव रिसालले सार्वजनिक गर्नुभएको हो ।

पत्रकार रिसालले वाङ्मय शताब्दीपुरुष जोशीमाथि महत्वपूर्ण किताब आएको बताउँदै उहाँका बारेमा अझै धेरै कुरा आउन बाँकिरहेको जिकिर गर्नुभयो । उक्त अवसरमा प्राडा. ज्ञानु पाण्डे, श्रीओम श्रेष्ठ ‘रोदन’ र प्राडा. लेखप्रसाद निरौलाले जोशीको कृतित्व र व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो । यस्तै कार्यक्रममा जोशीपुत्र अणुराज जोशी, पुस्तकका सम्पादक ढुंगाना र भुँडीपुराण प्रकाशनका केशव पराजुलीले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?