‘जुन २१ देखि छेन्दु-पोखरा सिधा उडान गर्न चीन तयारी अन्तिम अवस्थामा’

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभाका गणेशप्रसाद तिमिल्सिना र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ ।

अध्यक्ष तिमिल्सिना र जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लिजीबिच ग्रेट हल अफ पिपुल्स बेइजिङमा सोमबार साँझ भेटवार्ता भएको हो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले संस्कृति र परम्पराहरूले बलियोरुपमा जोडेको नेपाल र चीनबीच सदियौंदेखि सौहार्दपूर्ण एबम अति घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी बर्षहरूमा नेपाल र चीन बीचको सम्बन्ध थप प्रगाढ बन्दै जाने कुरामा विश्वस्त रहेको बताउनुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले घनिष्ट मित्र एबम विकासको साझेदार र असल छिमेकीको रुपमा नेपालले चीनसँगको सम्बन्धलाई सधै उच्च महत्व र प्राथमिकता दिँदैआएको बताउँदै नेपाल सधै एक चीन नीतिको पक्षमा रहेकोसमेत पुन दोहोर्याउनुभएको छ । पछिल्ला दिनहरूमा नेपाल र चीनको बिद्यायिकी सम्बन्ध बिस्तार हुँदै गएको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्धलगायत हाम्रा दुई विधायिकाबीचको सम्बन्धलाई समेत थप मजबूत बनाउनेछ बिश्वास पनि ब्यक्त गर्नुभएको छ ।

चीन नेपालका पर्यटक स्रोत मुलुकहरूमध्ये दोस्रो मुलुकमा पर्ने भएकाले नेपालको विकासका लागि पर्यटनको भूमिकालाई मध्यनजर गर्दै नेपाललाई चीनले हालै ‘आउट ब्याण्ड टुरिष्ट ग्रुप’ मा राखेकोमा खुसी पनि ब्यक्त गर्नुभएको छ । चीनियाँ ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पुर्याउनेमा बिश्वस्त रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले चीनका बिभिन्न सहरबाट सोझो उडान हुने बिश्वास ब्यक्त गर्नुभयो ।

नेपाल चीनबीच केरुङ(रसुवागढी, हिल्सा(पुराङ र तातोपानी-झाङमु नाकाहरूमार्फत दुईतर्फी व्यापार सुचारु भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा मुस्ताङको कोरल्ला लगायतका नाकाहरू सञ्चालन हुने बिश्वास पनि ब्यक्त गर्नुभएको छ । नेपालबाट तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनहरूलाई चीनको भन्सारको सामान्य प्रशासनमा सूचीकृत गर्न सहयोगको लागि उहाँको अनुरोध थियो ।

उक्त भेटमा चीनको राष्ट्रिय जन कंग्रेस स्थायी समितिका अध्यक्ष चाओ लिजीले भ्रमणका क्रममा नेपाली पक्षले उठाएका बिषयलाई चीनले गम्भीरतापुर्वक लिने र कार्यान्वयन गर्दै जाने आश्वासन दिनुभएको छ । उहाँले चीनको छेन्दुबाट पोखरा उडानका लागि चीन तयारी अबस्थामा रहेको जानकारी दिएको अध्यक्षको सचिवालयले जनाएको छ ।

‘पोखरा विमानस्थलको अवस्था र नेपाल सरकारले आवश्यक सबै तयारी सकेको अवस्थामा आगामी छ’ उहाँले भन्नुभयो । अध्यक्ष तिमिल्सिना ९ सदस्यीय नेपाली संसदीय प्रतिनिधी मण्डलको नेतृत्व गरेर चीन भ्रमणमा रहनुभएको छ। तिब्बतमा जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

चीनको औपचारिक भ्रमणमा रहेको नेपाली साँसदहरूको प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्यहरू जीवन परियार, धवल शमशेर जंगबहादुर राणा, प्रदीप यादव तथा राष्ट्रिय सभाका सदस्यहरू उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी एबम अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र संघीय संसद सचिवालयका उपसचिव रामहरि थापा पनि चीन भ्रमणमा सहभागी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?