जुम्लामा अस्थायी पुलबाट चिप्लिएर एकजना नदीमा बेपत्ता

विजय रावत जुम्ला, संवाददाता
Read Time = 1 min

जुम्ला । जुम्लाको तिला गाउँपालिका-१ स्थित रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर एक युवा तिला नदिमा बेपत्ता भएका छन् ।

मंगलबार विहान ६ बजेतिर सो गाउँपालिका वडा नम्बर-६ का अन्दाजी १७ बर्षका मोहन रोकाया उक्त अस्थायी पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो ।

बेपत्ता हुनेमा तिला-६ घोडे गाउँका कर्णबहादुर रोकायाका छोरा अन्दाजी १७ वर्षका मोहन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । तिला-१ रारासेरी बजारबाट चामलको बोरा लिएर घरजाने क्रममा अस्थायी पुलबाट चिप्लिएर नदीमा खसेको खबर प्राप्त भएपछि प्रहरी र स्थानीयवासिले खोजी कार्य गरिरहेको छ ।

तिला नदीको पानी धमिलो भएकोले खोज्न समस्या भएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?