लेस्टरमाथि लिभरपुलको सहज जित

Read Time = 1 min

लण्डन । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीमाथि ३-० को सहज जित हात पारेको छ । लिभरपुलको जितमा कर्टिस जोन्सले दुई तथा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डले एक गोल गर्नुभयो । खेलको ३३औँ मिनेटमा कर्टिस जोन्सको गोलबाट लिभरपुलले १-० को अग्रता लियो । त्यसको तीन मिनेटमा नै जोन्सले लिभरपुलका लागि दोस्रो गोल गर्नुभयो ।

त्यसपछि ७१औँ मिनेटमा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डले गोल गर्दै लिभरपुलको जित पक्का गर्नुभयो । लिभरपुलको तीनवटै गोलमा मोहम्मद सलाहले सहायक गोलकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।

यस जितसँगै पाँचौँ स्थानमा रहेको लिभरपुलको ३६ खेलबाट ६५ अंक पुगेको छ । पराजित लेस्टरलाई भने रेलिगेसनको दबाब बढेको छ । लेस्टर ३६ खेलबाट ३० अंक जोडेर १९औँ स्थानमा छ । साउथ हृयाम्टन रेलिगेसनमा परिसक्दा लेस्टरसँगै नटिङहम फरेस्ट, एभर्टन र लिड्समध्ये दुई टोली रेलिगेसनमा पर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?