‘सक्दिन बिर्सन’ भन्दै सुमन

Read Time = 1 min

काठमाडौं । सुमनकुमार श्रेष्ठको शब्द, संगीत र स्वर रहेको गीत ‘सक्दिन बिर्सन’ सार्वजनिक भएको छ । सुमनकै संगीत संयोजन र रविकुमार रिमालको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गायक स्वयंकै कथा तथा निर्देशनमा तयार पारिएको गीतको भिडियोमा सुमनसँगै उर्मिला बिसी र अशोक पाण्डेलाई फिचरिङ गरिएको छ । कीर्तिपुर र काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको गीतको भिडियोलाई तिलक बुढाथोकीले छायांकन गर्नुभएको हो भने निराजन केसीले सम्पादन गर्नुभएको छ ।

तेज नेपाल प्रोडक्सन तथा उर्मिला बिसिको प्रस्तुति रहेको भिडियोलाई तेज नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?