सेवा आयोगका अध्यक्ष दाहाललाई कालोमोसो दल्ने नेविसंघका सरोज पोखरेल पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई कालोमोसो दलेको आरोपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका सभापति सरोज पोखरेल पक्राउ परेका छन् ।

बुधबार मोरङको बुढीगंगा क्षेत्रबाट कालोमोसो दलेको घटनाको अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको हो । उनीमाथि सेवा आयोग अध्यक्ष दाहाललाई कालोमोसो दलेको आरोप छ ।
केही दिनअघि दाहालको टाउकोमा कालो पदार्थ खन्याइएको थियो । जसको चौतर्फी विरोध भइरहेका बेला प्रहरीले सो घटनामा संलग्न भएको आरोपमा पोखरेललाई पक्राउ गरेको हो ।

उक्त घटनामा सहभागी भएका अन्यको पनि खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?