मोटरसाइकल दुर्घटनामा परी धनगढीमा एक जनाको मृत्यु

Read Time = 1 min

धनगढी । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।

धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा स. ७ प ५४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका–१७ का ४५ वर्षीय धनिराम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?