यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३१ रूपैयाँ ०६ पैसा र बिक्री दर १३१ रूपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ६२ पैसा र बिक्री दर १४२ रूपैयाँ २७ पैसा रहेको छ।

हिजो डलरको खरिद दर १३१ रूपैयाँ ५० पैसा र बिक्री दर १३२ रूपैयाँ १० पैसा रहेको थियो ।युरो एकको खरिद दर १४१ रूपैयाँ ९८ पैसा र बिक्री दर १४२ रूपैयाँ ६३ पैसा रहेको थियो ।

मलेसियन रिंगिट एकको खरिद दर २८.३६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५९ रुपैयाँ रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ६८ पैसा र बिक्री दर १६६ रूपैयाँ ४४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ९८ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ३९ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६ पैसा रहेको छ ।

यसैगरी, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६ पैसा तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?