भूम्या पर्वमा लुम्बिनीका दुई जिल्लामा सार्वजनिक विदा

विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ । लुम्बिनी सरकारले भूम्या पर्वको अवशरमा दुई जिल्लाहरुमा सार्वजनिक बिदा दिने भएको छ ।

दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दै दाङको बिदा कटौती गरिएको छ ।

आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको तर्फबाट बिहीबार सचिव लालबाबु कवारीले जारी गरेको पहिलो सूचनामा दाङसहित रुकुम पूर्व र रोल्पा जिल्लामा सार्वजनिक बिदा दिने भनिएको थियो ।

बिहीबार नै फेरि कवारीले दोस्रो सूचना जारी गर्दैै भूल बस त्यसो हुन गएको भन्दै रुकुम पूर्व र रोल्पा जिल्लामा मात्रै बिदा दिइएको कुरा उल्लेख गर्नुभएको छ ।

बिहीबार बसेको मन्त्रालयको बैठकले असार १ गते भूम्या पर्वको अवसरमा रुकुम पूर्व र रोल्पा मा सार्वजनिक विदा दिएको पछिल्लो पटक जारी सूचना मार्फत जानकारी दिएको छ ।

मगर समुदायले भूम्या पर्व धुमधाम पूर्वक मनाउने गर्छन । भुम्या पूजामा खास गरि जमिनको पूजा गरिन्छ । प्राकृतिक विपत्तिबाट जोगिने विश्वासका साथ मनाइने यो पर्वमा पूजा पाठसँगै नाच्ने चलन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?