काठमाडौं । नेपालको डिजिटल र आर्थिक रूपान्तरणमा फाइभजी प्रविधिको भूमिकाबारे सरोकारवालाबीच छलफल भएको छ । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ट्रेड एण्ड कम्पिटिटिभनेसको संयुक्त आयोजनामा काठमाडौंमा एक्सिलेरेटिङ डिजिटल एण्ड इकोनोमिक ट्रान्सफर्मेसन विषयक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा डिजिटल अर्थतन्त्रको विकासलाई गति दिन फाइभजी प्रविधि प्रयोगबारे बृहत् छलफल भएको थियो । फाइभजी प्रविधिको मुख्य विशेषता, ग्लोबल ट्रेण्ड, फाइभजी प्रविधिको परिदृश्य र आर्थिक मूल्यांकन, फाइभजी प्रविधि प्रयोग गरेका देशका केस स्टडीको चर्चा, नेपालमा फाइभजी सेवा अवलम्बन गर्दा अपनाउनुपर्ने रणनीति तथा योजनाबारे सरोकारवालाबीच अन्तरक्रिया भएको थियो ।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक डा. प्रदीप पौडेलले फाइभजीको विकास र कार्यान्वयनका सम्बन्धमा सरकारको दृष्टिकोण तथा हालको प्रगति अवस्थाबारे प्रस्तुति दिनुभएको थियो । मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी, अष्ट्रेलियाका सिनियर लेक्चरर तथा कोर्स को-अर्डिनेटर राजन कंँडेलले विभिन्न देशमा फाइभजीले व्यवसाय तथा अर्थतन्त्रमा पारेको प्रभावबारे विश्लेषणसहितको प्रस्तुति दिनुभएको थियो ।
अर्को सत्रमा अनलिसिङ द इकोनोमिक पोटेन्सियल अफ फाइभजी टेक्नोलोजी विषयमा प्यानल डिस्कसन भएको थियो । डिस्कसनको मोडेरेसन आइसिटी विज्ञ डा. विवेककुमार राणाले गर्नुभएको थियो भने छलफलमा सरकार, दूरसञ्चार तथा निजी क्षेत्रका विज्ञ तथा प्रतिनिधिले सहभागिता जनाएका थिए । यसअन्तर्गत फाइभजीबाट लाभान्वित हुने आर्थिक क्षेत्रको चर्चा, उद्यमशीलता र स्टार्टअपलाई बढावा दिन फाइभजीको भूमिका तथा फाइभजीमा सार्वजनिक, निजी साझेदारीको महत्वलगायतका विषयमा छलफल भएको थियो । सो प्यानल डिस्कसनमा दूरसञ्चार प्राधिकणका डा. प्रदिप पौडेल, नेपाल टेलिकमकी निर्देशक रिना डंगोल, खल्ती वालेटका सहसंस्थापक अमित अग्रवाललगायतको सहभागिता थियो ।
समग्रमा फाइभजीको सम्भाव्यता र यसले देशको डिजिटल परिदृश्यमा पार्न सक्ने प्रभावबारे चर्चा गर्नु, नेपालमा फाइभजीमा लगानी गर्न निजी क्षेत्र र फाइभजी प्रविधि प्रदायकलाई प्रोत्साहन गर्नु तथा सरोकारवालाबीच अन्तरक्रिया गराउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताउनुभएको छ । सहभागीहरूले फाइभजीले नेपाल जस्तो देशमा अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान दिने भन्दै प्राधिकरणअन्तर्गतको ग्रामीण दूरसञ्चार विकास कोषको रकम ग्रामीण क्षेत्रमै पूर्वाधार लगानीमा सदुपयोग हुनुपर्नेमा पनि जोड दिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच