अभिलाषा र सुनिरा फाइनलमा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । अभिलाषा विष्ट र सुनिरा थापा प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा फाइनलमा प्रवेश गर्नुभएको छ । राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा अभिलाषाले आइशा डोल्कर गुरुङलाई ६-४ र ६-० तथा सुनिराले प्रकृति श्रेष्ठलाई ६-४, ३-६ र ६-२ को सेटमा पराजित गर्नुभयो । पुरुष सिंगल्समा प्रदीप खड्का र अभिषेक बास्तोला उपाधिका लागि भिड्ने हुनुभएको छ ।

सेमिफाइनलमा प्रदीपले आर्यन गिरीलाई ६-० र ६-२ तथा अभिषेकले प्रणव खनाललाई ६-१ र ६-० को सोझो सेटमा हराउनुभयो । नेपाल टेनिस संघको सहयोगमा भइरहेको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा पूर्वसिंगल्स राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार र महेश श्रेष्ठको जोडी पहिलो भयो ।

उक्त जोडीले फाइनलमा अनिल शाही र गोपी भण्डारीको चुनौती ६-२, ४-६ र १०-८ ले पन्छायो । ५५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडीले फाइनलमा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीलाई सिधा सेटमा ६-३ र ६-० ले पाखा लगाउँदै विजेता बन्यो । ४५ वर्षमाथि मोहम्द युनुस र अन्वर अलीको जोडीले शीर्ष स्थान ओगट्यो । उहाँहरूले फाइनलमा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीलाई ६-४ र ६-० ले निराश पार्नुभयो ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा थोङवान तुलेश्वरले विमल वाइबालाई ७-५ र ६-४ को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा स्थान पक्का गर्नुयभो । फइनलमा तुलेश्वरको भेट राजु श्रेष्ठसँग हुनेछ । राजुले उत्तमकुमार लामाबाट वाकओभर पाउनुभयो । ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवारले महेश श्रेष्ठलाई ६-० र ६-२ तथा मोहम्द युनुसले मानबहादुर कटवाललाई ६-० र ७-५ ले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गर्नुभयो ।

प्रतियोगिताअन्तर्गत यू-९ सिंगल्सको ब्वाइजमा अर्याशराज पौडेल र गल्र्समा सरा पन्तले बिहीबार स्वर्ण जित्नुभएको छ । फाइनलमा अर्याशले निश्चल ज्ञवालीलाई ५-३ र ४-२ तथा सराले थैय श्रेष्ठलाई ४-१ र ४-१ को सोझो सेटमा पराजित गर्नुभयो । यू-१२ सिंगल्सको ब्वाइजमा अशभसम्राट हाडा तथा गल्र्समा साल्भी शेरचन च्याम्पियन बन्नुभयो । फाइनलमा अशभले हभिस वंशललाई ६-३ र ६-१ तथा साल्भीले आयुशा जिसीलाई ६-२, ०-६ र ६-२ को सेटमा हराउनुभयो ।

यू-१४ ब्वाइज सिंगल्समा बोरिस अधिकारीले सिर्जन भट्टराईलाई ६-१ र ६-० तथा वृजेश अर्यालले दर्शिल श्रेष्ठलाई ४-६, ६-४ र ६-२ ले पाखा लगाउँदै फाइनल भिडन्त पक्का गर्नुभयोे । सो स्पर्धाको गल्र्समा सिभाली गुरुङले प्राज्ना मानन्धरलाई ६-१ र ६-० तथा स्वस्तिका विष्टले समृद्धि महर्जनलाई ६-० र ६-२ को सोझो सेटमा पन्छ्याउँदै फाइनलमा पुग्नुभयो ।

यू-१६ ब्वाइज सिंगल्समा राजवीर प्रधानले वृजेश अर्याललाई ६-१ र ६-१ तथा शंकर हैस्नानले आयुशमान हजुर घलेलाई ६-१ र ६-१ को सोझो सेटमा पाखा लगाउँदै उपाधि भिडन्त निश्चित गर्नुभयो । उक्त स्पर्धाको गल्र्समा सिभाली गुरुङले प्राज्ना मानन्धरलाई ६-२ र ६-० तथा सुनिरा थापाले स्वस्तिका विष्टलाई ६-४ र ६-० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?