सुनवाई समितिमा प्रस्तावित प्रधानन्यायधिस कार्की, प्रश्नोत्तर जारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँगको प्रश्नोत्तर जारी छ ।

सो समितिमा कार्कीविरुद्ध परेका उजुरी तथा गत बिहीबारको बैठकमा पेस गरेको कार्ययोजनाका विषयमा सांसदहरुले प्रश्न सोध्ने क्रम जारी रहेको हो ।

संसद सचिवालयका कर्मचारीका अबरोधका कारण आधा घन्टा पछि सुरु भएको बैठकमा कार्कीसँग प्रश्न सोध्ने क्रम सकिएपछि उहाँले जवाफ दिने समितिले जनाएको छ ।

संसदीय समितिले उहाँको नाम अनुमोदन गरे हाल कायम मुकायम प्रधानन्यायाधीश रहनुभएका कार्की सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त हुनुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?