युनिग्लोब कलेजमा व्यापार मेला

Read Time = 1 min

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा रहेको युनिग्लोब कलेज परिसरमा सोमबारदेखि शुक्रबारसम्म आयोजित महोत्सव सम्पन्न भएको छ । महोत्सवमा २५ भन्दा धेरै स्टल रहेका थिए । स्टलमा खानेकुरासहित विभिन्न सामग्री राखिएका थिए । यस्ता कार्यक्रमका लागि कलेजले विद्यार्थीलाई ऋण उपलब्ध गराउँछ र ऋणबाटै विद्यार्थीले व्यापार सुरु गर्छन् ।

विद्यार्थीलाई आफ्नो उद्यमी क्षमता विकासका साथै उनीहरूलाई व्यापारको वास्तविक महत्व सिकाउने कार्यक्रमको मुख्य लक्ष्य रहेको आयोजकले जनाएको छ । कार्यक्रमबाट विद्यार्थीले व्यवसायका लागि आवश्यक बिजनेस प्रपोजल कसरी बनाउने, ऋण कसरी लिनेदेखि ब्यालेन्स सिट, मार्केटिङ, म्यानेजमेन्ट नेटवर्किङबारेमा विस्तृतरूपमा बुझ्ने अवसर पाउने कलेजले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?