स्मार्ट मिटरका लागि टेलिकमले ई-सिम दिने

Read Time = 2 mins

काठमाडौं । नेपाल टेलिकमले नेपाल विद्युत् प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्न एक लाख ५० हजार थान ई-सिम उपलब्ध गराउने भएको छ । सो सम्बन्धमा दुर्ई संस्थाबीच बिहीबार सम्झौता भएको छ । सम्झौतापत्रमा टेलिकमतर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र प्राधिकरणतर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अच्युतबाबु घिमिरेले हस्ताक्षर गर्नुभएको छ ।

सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत पहाडीले प्राधिकरणसँगको व्यावसायिक सहकार्यका लागि हार्दिक धन्यवाद दिँदै सहकार्य निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो । प्राधिकरणका निर्देशक घिमिरेले पहिलेदेखि नै स्मार्ट मिटरमा टेलिकमको सिम प्रयोग भइरहेकोमा आगामी दिनमा नयाँ प्रविधियुक्त ई-सिममार्फत् सेवा उपलब्ध हुने भएकोमा खुसी व्यक्त गर्नुभयो । प्राधिकरणले विद्युत् महसुलसम्बन्धी जानकारीका लागि स्मार्ट मिटर प्रयोग गरिरहेको छ । स्मार्ट मिटरको सहयोगले कार्यालयबाटै विद्युत् खपतबारे जानकारी लिन सकिनुका साथै लाइन काट्न र विद्युत् चुहावट नियन्त्रणलगायतका कार्य गर्न सहयोग पुग्छ ।

ई-सिमले प्राधिकरणको सिस्टम र स्मार्ट मिटरबीचमा सञ्चार सुविधा उपलब्ध गराउन सहयोग गर्छ । सय एम्पियरसम्म क्षमताका थ्री फेज ग्राहकका लागि ई-सिम प्रयोग गरिनेछ । टेलिकमले प्राधिकरणलाई यसअघि पनि स्मार्ट मिटरका लागि ५३ हजार थान सिम उपलब्ध गराइसकेको कम्पनीका प्रवक्ता शोभन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?