ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिए विद्युत आपूर्तिमा समस्या आउँछ : प्रवन्ध निर्देशक घिसिङ

Read Time = 10 mins

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सरकारले ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिए विद्युत आपूर्तिमा समस्या आउने बताउनु भएको छ ।

आईतवार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै निर्देशक घिसिङले विद्युत प्रशारण र वितरण लाइन निर्माणमा राज्यका अन्य कुनैपनि निकायले सहयोग नगरेको भन्दै ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिए विद्युत आपूर्तिमा समस्या आउने बताउनु हो । उहाँले बिजुली निर्यात गर्न, आन्तरिक उपभोग बढाउन वा बिजुलीबाट आर्थिक लाभ लिन प्रशारण र वितरण लाइनमा सुधार गर्न आवश्यक रहेको बताउनु भयो।

उहाँले प्रशारण र वितरण लाइन निर्माण कार्यलाई सुधार गर्न नसके ऊर्जा क्षेत्रमा लगानी भएको अर्बौं रुपैयाँ जोखिममा पर्ने सम्भावना रहेको बताउनु भयो। उहाँले प्रशारण र वितरण लाइन निर्माणमा गर्दा जग्गा प्राप्ति, रुख कटान लगायत समस्याका कारण प्रशारण लाइन निर्माण हुन नसक्दा बिजुली वितरणमा समस्या देखिएको दाबी गर्नुभयो। उहाँले विद्युतसमा सबै निकायहरुको सहयोग नभए देशमा ट्रान्समिसन लाइन बनाउन धेरै ठूलो चुनौति रहेको बताउनु भयो। घिसिङले ट्रान्समिसन लाइन नबने अर्को वर्ष विद्युत व्यवस्थापन गर्नसक्ने सम्भावना नभएको बताउनु भयो।

उहाँले हेटौँडादेखि न्युबुटवलसम्मको एमसीसीले बनाउने ४०० केभि लाइन ढिलो भयो भने धेरै विद्युत खेरा जाने बताउनु भयो। उहाँले ट्रान्समिसन लाइनमा ठूलो लगानी आवश्यक रहेको बताउनु भयो। उहाँले अहिले उत्पादित विद्युत खपत गर्न र बाँकी रहेको विद्युत निर्यात गर्नको लागि संरचनामा लगानी गर्न नसके अर्को विस्फोट (डिजास्टर) हुने बताउनु भयो । उहाँले ५ वर्ष भित्र शुरु गरेका आयोजनाहरुको निर्माणमा ४ देखि ५ खर्ब रुपैयाँ आवश्यक पर्ने बताउनु भयो। उहाँले पूर्वपश्चिम ट्रान्समिसन, क्रसबोर्डर लाइन र आन्तरिक सवस्टेसनहरु बनाएर काठमाडौंको विद्युत सप्लाई सहज बनाउनको लागि करिव ५० देखि ६० अर्ब रुपैयाँ आवश्यक पर्ने बताउनु भयो। उहाँले विद्युत बिस्तारका लागिसमग्र मुलुक भरमा करिव ८ खर्बको लगानी आवश्यकता पर्ने देखिएको बताउनु भयो।

उहाँले भन्नुभयो,‘ विद्युत ट्रान्समिसन लाइन बनाउनको लागि वनको धेरै ठूलो समस्या छ । भन्दा धेरै कुरा हुन्छ । ट्रान्समिसन लाइनको ठूलो समस्या छ । कसरी समस्या समाधान गर्ने सम्पूर्ण राज्य संयन्त्र लाग्नुपर्ने छ । स्थानीय निकाय देखि संघीय सरकार र हरेक व्यक्ति समुदायको सहयोग भएन भने नेपालमा ट्रान्समिटर लाइन धेरै ठूलो चुनौती छ । जब ट्रान्समिसन लाइन बन्दैन । घरघरमा जाने लाइनको ट्रान्सफर्मर राख्न दिइँदैन । भने कसरी सप्लाई रिलाईएभल हुन्छ । विद्युत सहज सप्लाईको लागि सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ । यसमा सबै निकायहरुको सहयोग भएन भने यो देशमा ट्रान्समिसन लाइन बनाउन धेरै ठूलो चुनौति छ । ट्रान्समिसन लाइन बनेन भने अर्को वर्ष विद्युत व्यवस्थापन गर्नसक्ने सम्भावना छैन । हेटौँडादेखि न्यु बुटवलसम्मको ४०० केभि लाइन जुन एमसीसीले बनाउने भनेको छ । त्यो लाइन यदी ढिलो भयो भने हाम्रो पावर पलानबाट भएको धेरै जसो विद्युत खेर जाने छ । हामी निर्यात गर्नसक्ने अस्थितिमा पनि हुँदैनौं । हाम्रो उद्योगहरुलाई पनि विद्युत दिनसक्ने अवस्थामा हुँदैनौं । त्यो भएको हुनाले यो योजनाहरुलाई कसरी छिटो बनाउने भन्ने तिर सबै निकायको ध्यान जानु जरुरी छ । निर्माणमा एउटा विषय हो भने अर्को लगानीको हो । ट्रान्समिसनलाइनमा ठूलो लगानी आवश्यक छ । अहिले उत्पादित विद्युत खपत गर्न र बाँकी रहेको विद्युत निर्यात गर्नको लागि संरचनामा लगानी गर्न सकेनौं भने अर्को बिस्फोट (डिजास्टर)हुने वाला छ । अहिले हामीले हिसाव गर्दा ५ वर्ष भित्र हामीले शुरु गरेका आयोजनाहरुको निर्माणमा ४ देखि ५ खर्ब रुपैयाँ आवश्यक पर्छ । हामीले पूर्वपश्चिम ट्रान्समिसन, क्रसबोर्डर लाइन र आन्तरिक सवस्टेसनहरु बनाएर काठमाडौंको विद्युत सप्लाई सहज बनाउनको लागि करिव ५० देखि ६० अर्ब रुपैयाँ आवश्यक पर्छ भने समग्र मुलुक भरमा करिव ८ खर्बको लगानी आवश्यकता पर्ने देखिएको छ । यो लगानीमा विद्युत प्राधिकरणले सकेको र विदेशी निकायहरुबाट प्राप्त ऋणले पनि पुग्ने अवस्थामा छैन । सबै निकायहरुले अर्थमन्त्रालय देखि सबैले विशेष ध्यान दिनुपर्ने छ ।’

उहाँले प्राधिकरण नाफामा गएर करिव १ खर्ब रुपैयाँ लगानी नगरको भए अहिले मुलुकमा १६ घण्टा लोडसेडिङ कायम रहने अवस्था रहेको बताउनु भयो। उहाँले प्राधिकरण पछिल्लो ६ वर्षमा १ खर्ब रुपैयाँ लगानी गरेकाले लोडसेडिङ अन्त्य भएको दाबी गर्नुभयो। उहाँले लोडसेडिङ विद्युत सप्लाई गरेर मात्रै पनि समाप्त नहुने भन्दै लोडसेडिङ समाप्त गर्नलाई उपभोक्तासम्म जाने सबै बाटो खुला गर्न आवश्यक रहेको बताउनु भयो।

उहाँले नेपालमा ट्रान्समिसन र सवस्टेसन लाइन बनाउन महँगो भएको भन्दै ४०० केभीको ट्रान्समिसन लाइन बनाउन करिव ४ अर्ब रुपैयाँ लाग्ने अवस्था रहेको बताउनु भयो। उहाँले प्राधिकरणले सबै जनतालाई विद्युतको पहँुच पु¥याउने भनेर अहिले ९५ प्रतिशत पुगेको भन्दै अब बाँकी ५ प्रतिशतलाई पनि विद्युतको पहुँचमा पु-याउन लागि रहेको बताउनु भयो। उहाँले उर्जा क्षेत्रमा सबैले लगानीको वातावरण बनाइदिन सनसके अब आउने विद्युतलाई राम्रोसँग खपत गर्नसक्ने स्थिति नहुने बताउनु भयो। उहाँले विद्युत प्राधिकरणले नाफा कमायो भन्दै प्राधिकरणलाई बजेट चाहिँदैन भन्न नमिल्ने बताउनु भयो।

उहाँले पाँच वर्षभित्र करिव २ खर्बको विद्युत निर्यात गर्ने उद्देश्यले लगानी भइरहेको बताउनु भयो। उहाँले लोडसेडिङ हट्दैमा विद्युतमा लगानी गर्नु पदैन भन्ने कुरा सरकारले गर्न नहुने बताउनु भयो। उहाँले लगानी गर्ने क्षेत्रले विद्युतलाई बेवास्था हुने हो भने अर्को समस्या आउने बताउनु भयो।

उहाँले देशभित्र लोडसेडिङ गराएर भारतमा बिजुली नबेचेको बताउनु भयो । उहाँले नेपालमा विद्युत कटौती गरेर भारत पठाएको भन्ने सामाजिक सञ्जालमा आएका टिप्पणी सत्य नभएको बताउनु भयो। उहाँले प्राधिकरणले प्रयोग गरिरहेको सिस्टममा आएको समस्याका कारण केही समय अघि नेपालले गडबडी झेल्नुपरेको बताउनु भयो। उहाँले पिक समयमाभन्दा अन्य समयमा उत्पादिन विद्युत बिक्री नगरेमा घाटा हुने बताउनु भयो। उहाँले विद्युत क्षेत्रमा लगानीका लागि विदेशी र स्वदेशी लगानीकर्तालाई आग्रह गर्नुभयो। उहाँले बिजुली बिक्री गर्नु हुँदैन भनेर राष्ट्रघाती अभिव्यक्ती नदिन पनि आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?