रूपनी राइडर्सको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 3 mins

सप्तरी । सप्तरीको राजविराजमा सप्तरी प्रिमियर लिगको पाँचौँ संस्करण आइतबार सुरु भएको छ । सप्तरी क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा रूपनी राइडर्सले राजविराज द किंग्सलाई १५ रनले पराजित गरेको छ ।

पब्लिक विन्देश्वरी मैदानमा सम्पन्न खेलमा रूपनीले राइडर्सलाई दिएको १५१ रनको लक्ष्य पछ्याएको राजविराज द किंग्सले पूरै २० ओभर ब्याटिङ गरे तापनि आठ विकेटको क्षतिमा १३५ रनमात्र बनाउन सक्यो । राजविराज द किंग्सका लागि बिक्रम शोबले सर्वाधिक ३४ रन बनाउनुभयो । तृतराज दासले ३३ तथा अभिषेक कार्कीले २९ रन बनाउनुभयो ।

रूपनीको बलिङमा फिर्दोष अन्सारीले सर्वाधिक ३ विकेट लिनुभयो । जुन क्रममा ४ ओभरमा १९ रन खर्चिनुभयो । धिरज मण्डलले २ तथा जितेन्द्र मुखिया, अशोक मेहता र दिपेश कँडेलले १/१ विकेट लिनुभयो ।

यसअघि टस हारेर ब्याटिङ गरेको रूपनीले २० ओभरमा ६ विकेट क्षतिमा १५० रन बनायो । उसका लागि प्लेयर अफ द म्याचसमेत घोषित फिर्दोष अन्सारीले सर्वाधिक ६१ रन बनाउनुभयो । जुन क्रममा उहाँले ४९ बलमा ६ चौका र २ छक्का प्रहार गर्नुभयो । रोहन विकले ३३ तथा विकास दासले २० रन बनाउनुभयो ।

३१ रनमा ३ विकेट गुमाएको अवस्थामा फिर्दोष र रोहनले चौथो विकेटका लागि ६५ रनको साझेदारी गर्दै इनिंग्स उकास्नुभएको थियो ।
राजविराजको बलिङमा बिक्रम शोबले २ विकेट तथा दिपेश सरदार, तृतराज दास र सोहेल खानले १/१ विकेट लिनुभयो ।
खेलको प्लेयर अफ द म्याच अलराउण्ड योगदान दिनुभएका रूपनी राइडर्सका फिर्दोष अन्सारी घोषित हुनुभयो ।

प्रतियोगिताअन्तर्गत सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान ९ बजे रूपनी राइडर्स र बलानबिहुल सुपर किंग्स तथा दिउँसो १ बजे छिन्नमस्ता लाइन्स र बजाज खडक वारियर्सबीच प्रतिस्पर्धा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?