करिश्माले एमाले उम्मेदवार होइन, रेखा थापालाई मागिन् भोट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अभिनेत्री एवं एमाले नेतृ करिश्मा मानन्धरले राप्रपा उम्मेदवार रेखा थापालाई भोट माग्नुभएको छ । रेखा मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको छ ।

सो क्षेत्रमा एमालेबाट भानुभक्त ढकाल र गठबन्धनका तर्फ नेपाली कांग्रेसबाट डा.सुनिल शर्मा उम्मेदवार बन्नुभएको छ । ढकाल सोही क्षेत्रका निवर्तमान सांसदसमेत हुनु हो ।
आफ्नै पार्टीको उम्मेदवार ढकाललाई नभई करिश्माले रेखा थापाका लागि सामाजिक सञ्जालमार्फत भोट माग्नु भएको छ ।

‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका सम्बाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारहरुले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानी भएको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्याउने हो । यो संघर्षमा सामिल योद्धा । रेखा थापालाई भोट गर्न मोरङ डिस्ट्रिक्टलाई आग्रह गर्दछु,’ करिश्माले लेख्नुभएको छ । उहाँले कलाकार र महिलाको हिसाबमा रेखालाई भोट गर्न भन्नुभएको छ ।

स्थानीय तहको निर्वाचनअघि करिश्मा एमाले प्रवेश गर्नुभएको थियो। तर, एमालेले उहाँलाई न स्थानीय तहमा कुनै पद दियो न प्रदेश र प्रतिनिधिसभामा उम्मेदवार नै बनायो । उहाँ एमालेको चुनाव प्रचारप्रसारमा त्यति सक्रिय हुनुहुन्न ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?