जेम्सको निर्देशनमा ‘सर्ट टर्म मेमोरी लस’

Read Time = 1 min

काठमाडौं । गायक, संगीतकार, एरेञ्जर जेम्स प्रधानको निर्देशनमा लघु चलचित्र ‘सर्ट टर्म मेमोरी लस’को प्रिमियर गरिएको छ । काठमाडौंमा आयोजित एक समरोहबीच प्रिमियरमा उहाँले एउटै कथालाई गीत र छोटो चिलचित्रमा प्रस्तुत गर्नुभएको छ ।

‘मैले विभिन्न भिडियो हेरेर निर्देशनका विविध पक्षमा आफ्नो क्षमतालाई प्रयोग गरिरहेको थिएँ । त्यही क्रममा निर्देशनसँगै यसमा लेखक पनि बनेको हुँ’, जेम्सले भन्नुभयोे । उहाँको यो दोस्रो लघु चलचित्र हो । गायिका आनी छोइङ डोल्माले चलचित्र निर्देशनसम्बन्धी दिएको प्रतिक्रियाले गायक जेम्सलाई निर्देशक बन्न प्रेरित गरेको थियो ।

यस लघु चलचित्रमा समिसन जिसी र वेदना राईको अभिनय रहेको छ । दुईको खोला किनारमा हुने भेटले आउने परिस्थितिलाई यसमा चित्रण गरिएको छ । यसमा श्याम तामाङको छायांकन, कपिल पराजुलीको रंग संयोजन र जेसिका प्रधानको सम्पादन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?