आर्थिक कूटनीति : नेपालको सन्दर्भमा

Read Time = 14 mins

राजनीतिक उथल-पुथलका साथै राजनीतिक व्यावस्थामै आएको परिवर्तन स्वरूप गणतन्त्र, धर्मनिरपेक्षता तथा संघीय व्यावस्थाको अभ्यासले आर्थिक विकासको गतिलाई निराशाजनक अवस्थामा पुर्‍याएको देखिन्छ । कोभिड १९ को महामारी तथा रुस-युक्रेन युद्धले विश्व अर्थ व्यावस्थामा पारेको नकारात्मक प्रभावले समेत नेपाल नराम्रोसँग प्रभावित हुन पुगेको अवस्थामा आर्थिक कूटनीतिक प्रयास शून्यको अवस्थामा रहेकाले निजी क्षेत्र बढी चिन्तित देखिन्छ । राजनीतिक अस्थिरता दीर्घकालीन बाध्यता झैं देखिइरहेकाले दिगो आर्थिक कूटनीतिक प्रयासमार्फत अर्थतन्त्रलाई माथि उकास्न स्वयं निजी क्षेत्रअगाडि बढ्नुको विकल्प देखिँदैन । यही परिप्रेक्षमा सशक्त र प्रभावकारी आर्थिक कूटनीतिक प्रयासका लागि निम्न तथ्यहरूमाथि प्रकाश पार्दै सार्थक परिणाम प्राप्त गर्न सकिन्छ भन्ने विश्वास गर्न सकिन्छ ।

१) वाणिज्यदूत र द्विराष्ट्रिय चेम्बर अफ कर्मसबीच सहकार्य :

नेपालसँग दौत्य सम्बन्ध भएका तर आवासीय राजदूतावास नभएका देशले नेपाली व्यावसायीलाई वाणिज्यदूतका रूपमा नियुत्ति दिएका प्रतिनिधि र द्विराष्ट्रिय चेम्बर अफ कर्मसका बीचमा सहकार्य र समन्वय हुन सक्दा सार्थक परिणाम प्राप्त गर्न सकिन्छ । नेपाल-भारत चेम्बर अफ कमर्स, नेपालचीन चेम्बर अफ कमर्स, नेपाल–अमेरिका चेम्बर अफ कमर्सजस्ता संस्थाले सपक्रयपूर्वक दुई देशबीचका व्यावसायिक गतिविधिमार्फत मुलुकलाई लाभान्वित तुल्याइरहेकाले अझ नयाँ क्षेत्रहरूमा व्यावसाय विस्तार गर्दै वैदेशिक मुद्रा आर्जनदेखि रोजगारको सिर्जना गर्न सक्ने छन् ।

नेपालको स्वदेशी तथा वैदेशिक लगानीमा प्रत्यक्ष सरोकार राख्ने युएसए आइडी, विश्व बैंक, एशियाली विकास बंैकहरूसँगको सहयोग र साझेदारीमा सञ्चालनमा रहेका उद्योग परियोजनाको सफलता महत्वपूर्ण क्षेत्र हो । नेपाली क्षमताको समेत विश्वमा परिचित गराउने अवसर हुन् ।

तत्-तत् देशमा आयोजना हुने व्यापार मेलामा सहभागितादेखि लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रेरित गर्न सक्छन् । उत्पादन लागत सस्तो बनाउने, सजिलो कर प्रणाली गर्न प्रेरित गर्न सक्छन् । उत्पादन लागात सस्तो बनाउने, सजलो कर प्रणालीदेखि श्रम नीतिको लचकता जस्ता विषयमा सरकारसँग स्पष्ट वचनबद्धता गराउँदै सरकारको पक्षबाट पैरबी गर्न सक्ने अवस्था निर्माण गर्न सकिन्छ ।

२) अन्तर्राष्ट्रिय सरोकार संस्था र व्यावसायिक पहल :
नेपालको स्वदेशी तथा वैदेशिक लगानीमा प्रत्यक्ष सरोकार राख्ने युएसए आइडी, विश्व बैंक, एशियाली विकास बैंकहरूसँगको सहयोग र साझेदारीमा सञ्चालनमा रहेका उद्योग परियोजनाहरूको सफलता महत्वपूर्ण क्षेत्र हो । नेपाली क्षमताको समेत विश्वमा परिचित गराउने अवसर हुन् । अन्तर्राष्ट्रिय क्षमता र मापदण्डको सफलतापूर्वक सञ्चालनले अर्थ कूटनीतिको महत्व र प्रभावकारिता स्पष्ट पार्न मद्दत पुग्नेछ ।

३) अन्तर्राष्ट्रिय रणनीतिक आर्थिक परियोजना र नेपाल पक्ष :
अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोेरेसनमार्फत सञ्चालनमा आउने अमेरिकी च्यालेन्ज फण्ड तथा चिनीयाँ वेल्ट एण्ड रोड इनिसियटिभअन्तर्गत सञ्चालनमा आउने परियोजनाहरूको सफल कार्यान्वयन र उपलब्धि आर्थिक कूटनीतिको ज्वलन्त नमुना हुन् । बृहत् अन्तर्राष्ट्रिय महत्व राख्ने अमेरिकी, चिनियाँ, युरोपेली तथा भारतीय आर्थिक परियोजनालाई सन्तुलित रूपमा सञ्चालन गर्न ठोस सिद्धान्त र आत्मविश्वासको खाँचो पर्दछ । यस विषयमा नेपाली राजनीतिक दल तथा सरकार गम्भीर नभएको कुरा देखिन्छ ।

नागरिक क्षेत्रबाट शक्तिशाली राष्ट्रहरूको आपसी प्रतिस्पर्धा र स्वार्थ बाझिन नदिन ‘आर्यावत’को मौलिक रणनीतिको प्रस्ताव गरेको देखिन्छ । मुलुकको आफ्नो मौलिक रणनीतिक सिद्धान्त भएमा सबैविपरीत सिद्धान्त र स्वार्थ भएका विश्व शक्तिहरूका बीचमा सन्तुलन बनाउँदै आफ्नो आर्थिक समृद्धि हासिल गर्न साझेदारी गर्न सक्छौं । कहिले कुनै शक्तितिर कहिले कुनै शक्तितिर ढल्केको देखिन सक्ने अवस्थाबाट जोगिन ‘आर्यावर्त’को मौलिक रणनीतिक अवधारणाले नेपालजस्तो भूराजनीतिक महत्व भएको सानो मुलुकलाई विशेष फाइदा पुर्‍याउने देखिन्छ ।

आवश्यक परियोजनाका रूपमा रहेको अमेरिकी च्यालेन्ज कर्पोरेसनमार्फतको परियोजनाका विरुद्ध भएको आन्दोलन, बेल्ट एण्ड रोड इनिसिटिभप्रतिको अन्तर्राष्ट्रिय संशय राष्ट्रिय राजनीतिलाई प्रभाव पार्ने ठूला घटना हुन् । सफल आर्थिक कूटनीतिका आधारमा आर्थिक समृद्धिका लागि जनसर्मथन प्राप्त गर्न सरकार र दलहरूले प्रयास गर्नुको विकल्प देखिँदैन ।

४) सफ्ट पावर र आर्थिक कूटनीति :
दोस्रो विश्वयुद्ध पश्चात् पनि शक्ति राष्ट्रहरू आफ्नो प्रभाव विश्वमा बनाइराख्न राजनीतिक तथा सैन्य तरिकाभन्दा अन्य तरिकाले उपयोग ल्याउन प्रतिस्पर्धा गरिरहेको परिपे्रक्षमा आर्थिक कूटनीतिलाई पनि उपयोग गरिरहेको स्पष्ट देखिन्छ । आज विश्वशक्तिका रूपमा रहेको अमेरिका डलर मुद्राको आधारमा विश्वमा प्रभाव बनाइ राख्न सफल भइरहेको अवस्था छ । साथै आफ्नो कुरा मनाउन अनुदान वा आर्थिक नाकाबन्दीको पनि सहारा लिने गरेको छ ।

अमेरिकी आर्थिक नाकाबन्दीका कारण आज पनि इरान, रूस अप्ठ्यारो अवस्थामा रहेको सबैले जानेकै छन् । चीनले पनि लगानी र ऋणमार्फत केही राष्ट्रहरूलाई आफ्नो कुरा मनाउन बाध्य पारिरहेको कुरा पढ्न र सुन्न पाइरहेका छौं । यस्तो प्रतिकूल विश्व परिवेशमा सफल आर्थिक कूटनीतिक प्रयासबाट समृद्धिमा पुग्न आफ्नो सफ्ट पावरको उपयोग गर्नुपर्दछ । यस विषयमा नेपालका बुद्धिजीवी, सरकार राजनीतिकदल समेत सजग र सक्रिय नदेखिनु दुःखद् कुरा हो ।

अर्थकूटनीति र केही उदाहरणहरू :
ब्राजिलियन कोअपरेसन एजेन्सीमार्फत ब्राजिल सरकारले विकासशील राष्ट्रमा आफ्नो प्रविधि, कृषि उत्पादनहरूको निर्यात गरी सफलता पाएको देखिन्छ । अफ्रिकन पोर्तुगिज स्पिकिङ कन्ट्रिज इष्ट टिमोर, ल्याटिन अमेरिका तथा क्यारिबियन मुलुकसँग राम्रो कारोबार बढाएर मुलुकको हित र आर्थिक समृद्धि हासिल गर्न सफल भइरहेको पाइन्छ । कजाकिस्तानले पनि मिनिष्ट्री अफ ट्रेड एण्ड इन्टेग्रेसन अफ कजाकिस्तानमार्फत आर्थिक कूटनीतिलाई प्रभावकारी बनाइरहेको छ ।

अमेरिकी आर्थिक प्रभाव राष्ट्रपति ओबामादेखि डोनाल्ड टम्पसम्मको आर्थिक नीति अमेरिकी प्रभाव जमाउन प्रभावकारी रहेका थिए । हालै मिलिनियम च्यालेन्ज कर्पोरेसनमार्फत नेपाललगायत मंगोलिय, अफ्रिकाका मुलुकका आर्थिक विकासमा अनुदान प्रदान गर्ने कार्यक्रमले ती देशले आर्थिक समृद्धिमा सहयोग पुगेको अनुभव गरेको पाइन्छ ।

भारतले पनि डेभलेपमेन्ट पार्टनर्स एड्मिनिस्ट्रेसनमार्फत आर्थिक कूटनीतिलाई अगाडि बढाइरहेको पाइन्छ । सन् २०१२ मा स्थापित यस संस्थाले भारतीय परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारका आर्थिक हितलाई मद्दत गर्न सहयोग पुर्‍याएको देखिन्छ । यसै संस्थामार्फत श्रीलंकामा ५० हजार घर निर्माण गरेको, अफगानिस्तान तथा अफ्रिकामा समेत काम गरी भारतलाई विश्वको एक शक्तिका रूपमा स्थापित गराउन सक्रिय रहेको देखिन्छ ।

चीन अमेरिका प्रतिस्पर्धा र अर्थ कूटनीति :
बहु ध्रुवीय विश्व चीन र अमेरिकी आर्थिक प्रतिस्पर्धाका कारण द्विध्रुवीय विश्वमा रूपान्तरित हुने अवस्था सबैका लागि विश्लेषणीय तथ्य बनेको छ । खुला अर्थतन्त्र, चिनियाँ राष्ट्रपति सि चिङ फिङ राष्ट्रपति भएपश्चात् प्रारम्भ गरिएको बेल्ट एण्ड रोड इनिसियटिभमार्फत विदेशी लगानीले छोटो समयमै अफ्रिकामा समेत प्रभाव जमाउन सफल भएको देखिन्छ । श्रीलंका, पाकिस्तान, अफगानिस्तानदेखि सउदी अरब, इरानसम्मका लगानी चर्चाका विषय बन्दछन् । साउथ चाइना सीमा चीनको प्रभाव बेलाबखत समाचार बन्ने गर्दछन् । रुस–युक्रेन युद्धका कारण अमेरिकी मुद्रा डलरको विकल्पमा चिनीयाँ यानले अन्तर्राष्ट्रिय स्थान पाउँदै गइरहेको छ । चीनसमेत संलग्न रहेको ब्रिक्स संगठनको साझा मुद्रा प्रचलनमा आउने कुराले चिनियाँ आर्थिक कूटनीति अझ सशक्त बन्ने देखिन्छ ।

अमेरिकी आर्थिक प्रभाव राष्ट्रपति ओबामादेखि डोनाल्ड टम्पसम्मको आर्थिक नीति अमेरिकी प्रभाव जमाउन प्रभावकारी रहेका थिए । हालै मिलिनियम च्यालेन्ज कर्पोरेसनमार्फत नेपाललगायत मंगोलिय, अफ्रिकाका मुलुकका आर्थिक विकासमा अनुदान प्रदान गर्ने कार्यक्रमले ती देशले आर्थिक समृद्धिमा सहयोग पुगेको अनुभव गरेको पाइन्छ । प्रजातन्त्र र मानव अधिकारलाई विश्वव्यापी बनाउन उपलब्ध गराउने अमेरिकी सहयोग सफ्टपावरका रूपमा प्रभावशाली भएको कुरा स्वतन्त्र समाजको निर्माणले बुझ्न सहज बन्दछन् । नेपालले पनि सर्वोच्च शिखर सगरमाथा, बुद्धको जन्मस्थल लुम्बिनी, हिन्दुहरूका आराध्यदेव पशुपतिनाथको अवस्थितिलाई सफ्ट पावरको रूपमा उपयोग गर्दै आफ्नो प्रभाव बढाउनुपर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?