वडाध्यक्ष वड जनताको दु:खमा साथ दिँदै

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष तथा गाउँपालिका प्रबक्ता तिर्थ वड जनताको दु:खमा साथदिने कामदेखि पालिकाको विकास निर्माणका कामलाई तिब्र गतिमा अघि बढाउन आफै फिल्डमा लागि पर्नु भएको छ । जनताको धारण र सुझावलाई आत्मसाथ गर्दे जनताको चाहान र इच्छा अनुसार नागरिकका समस्यालाई समाधान गर्ने हरेक ठाउँमा जनतासंग व्यस्त देखिनु हुन्छ वडाध्यक्ष वड ।

पालिकाले दिने नागरिकलाई सेवा प्रवाह र विकास आयेजनामा देखा परेका समस्या लिएर स्थानीयवासि वडाध्यक्ष वडसंग आउने गरेकाछन् । उमेरले ३६ वर्ष पार गरेका युवा वडाध्यक्ष वड समाजिक कामपनि योगदान गर्दै आउनु भएको छ । सिंजा गाउँपालिकाको – ५ मा रहेको कैलाश मावि फुङ्ग्रमा वडाध्यक्ष वडले आफ्ना स्वर्गीय बुवा सुक वडको सम्झनामा ११ हजार १११ रुपैयाँ अक्षय कोष खडा गर्नुभएको छ ।

सो कोषबाट विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये गरीब, जेहेन्दार,अपांगता,र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अक्षयकोषबाट आएको ब्याजले प्रत्येक वर्ष विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले अध्यक्षकोष स्थापना गरिएको वडाध्यक्ष वडले जानकारी दिनुभयो । अक्षयकोष स्थापना गर्नेका लागि वडाध्यक्ष वडले विद्यालयलाई ११ हजार १११ को चेक हस्तान्तरण गरेको कैलाश मावि फुङ्ग्रका प्रअ विष्णुलाल रोकायाले बताउनुभयो ।

पालिकाको मालिका मावि धापामा ११ हजार र मावि चुल्लेन गाउँमा ५१ हजारको अक्ष कोष स्थापनाका लागि आर्थिक सहयोग गरेको वडाध्यक्ष वडको भनाइ छ । उक्त अक्ष कोषबाट यहाँका गरीब, जेहेन्दार,अपांगता,र आर्थिक अवस्था कमजोर भएका विद्यार्थिलाई टेवा पुग्ने गरी आफुले विद्यालयमा अक्षयकोष स्थापना गरेको सिंजा गाउँपालिका प्रवक्ता तथा वडाध्यक्ष तिर्थ वडले जानकारी दिनुभयो । वडाध्यक्षमा निर्वाचित भएदेखि जनताका दुखसुखमा साथ दिदै आएकाछन् । वडामा कोही पनि आफ्नो व्यक्तिगत समस्यामा परेको खण्डमा पनि वडाध्यक्ष वड खुलेरै सहयोग गर्ने गरेको सो वडाका स्थानीयवासी बताउँछन् । जनप्रतिनिधि हुँदा दुखीको साहरा बनेका जुम्ला जिल्लामै एक चर्चित युवा वडाध्यक्ष वड जनताको जनमुखी युवा नेताका रुपमा हेरिन्छ । यस अघि प्रेस सेन्टर जुम्लाको चौथो साधारणसभामा स्वर्गीय पत्रकार पदमराज देवकोटा स्मृति अक्षकोष स्थापनाका लागि वडाध्यक्ष वडले ११ हजार १११ रुपैयाँको चेक प्रेस सेन्टर जुम्लालाई हस्तान्तरण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?