पाँचथर बाढी-पहिरो अपडेट : ३ जनाको मृत्यु, ३ जना बेपत्ता, ३ सय ३४ जना विस्थापित

फाइल तस्बिर

जितेन्द्र भण्डारी पाँचथर, संवाददाता
Read Time = 4 mins

पाँचथर । गत असार २ र ३ गते परेको अबिरल वर्षा र बाढीका कारण बेपत्ता बनेका पाँचथरका ३ जनाको शव फेला परेको छ । ३ जना अझै बेपता छन् । बाढी पहिरोकै कारण पाँचथरमा ३ सय ३४ जना विस्थापित भएका छन् ।

फिदिम नगरपालिका सहित याङवरक, फालेलुङ, हिलिहाङका नागरीकहरु विस्थापित भएका हुन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार जिल्लामा पहिरोको कारण पुर्णरुपमा १० घर क्षति पुगेको छ । ४३ घर उच्च क्षती भएको र १५ घर आशिंक क्षति भएको प्रहरीले जनाएको छ ।

जिल्लामा सबै भन्दा धेरै फालेलुङ गाउँपालिकामा १९९ जना बिस्थापित भएका छन् । हिलिहाङ मा ८१, याङवरकमा ४० र फिदिममा १४ जना बिस्थापित भएको प्रहरीको तथ्याङक रहेको छ । मेची राजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालीका र हिलिहाङ गाँउपालीकाको सिमानामा हेवा खोलको पुल बाढिले बगाउँदा ताप्लेजुङ र पाँचथर तीन स्थानीय तहको सडक आवागमन अवरुद्ध बनाएको छ ।

बाढीकै कारण फिदिम ११मा रहेको १४ मेगावाट बिद्युत उत्पादन क्षमता रहेको माउन्टेन ‘बि’ र,फिदिम १० मा रहेको माउन्टेन ‘ए’ जलबिद्युत आयोजना पुणर्रुपमा क्षति भएको प्रहरीले जनाएको छ । यस्तै याङवरक ४ मा रहेको रोराङ जलबिद्युत आयोजनाको ड्याममा पुर्ण क्षति भएको प्रहरीले जनाएको छ ।

ताप्लेजुङ र पाँचथर जिल्ला जोड्ने हेवाखोलाको ४६ मिटर लामो पुल बगाउँदा मेची राजमार्ग पूण रुपमा अवरुद्ध भएको छ । त्यस्तै तमोर करिडोरमा पर्ने पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका– ७ जोड्ने माझिटारस्थित ४५ मिटर लामो हेवाखोला बेलिब्रिज पनि बगेको छ ।

बाढिकै कारण, फिदिम ४ र हिलिहाङ ७ मा रहेको तमोर करिडोमा पर्ने हेवा ब्रिज,फालेलुङ ३ र ७ जोड्ने २ वटा पक्कि पुल र याङबर ४ र ताप्लेजुङको सिदिङवा जोड्ने १ वटा पक्कि पुल, फिदिम ११ र हिलिहाङ ७ जोड्ने माउन्टेन हाईड्रोको पक्कि पुल, याङवरक २ फलौचामा रहेको चिवाभञ्जाङ जाने पक्कि पुुल बगाएको छ । यस्तै, फालेलुङ ३ र ५ जोड्ने झोलुङ्गे पुल,याङवरका २ को झोलुङ्गे पुल, याङवर १ को मोरुङगा झोलुङ्गे पुल, याङवरक १ को नागदह झोलुङ्खे पुल, याङवर १ को बिरुवा झोलुङ्गे पुल, याङवरक १ च्याङच्थापुबाट ठिङगेपुर जोड्ने झोलुङ्गे पुल बगाएको प्रहरिले जनाएको छ ।

वर्षा र बाढीका कारण अरुण करिडोरमा ५०० मिटर सडक बगेको छ । पाँचथरको फालेलुङ गाउँपालिका–३ मच्छेबुङको मोटरपुल पनि बगेको छ ।

मध्यपहाडी राजमार्गको चिवाभञ्ज्याङ गणेशचोक सडक खण्डमा पर्ने फलौचा बजारमा २० मिटरको मेवाखोला पुल पनि भत्केको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?