काठमाडौं । अमेरिका भ्रमणमा रहनुभएका ओलम्पियन दीपक विष्ट र १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य सम्मानित हुनुभएको छ ।
सुदूरपश्चिम समाज न्युयोर्कले मंगलबार तेक्वान्दो खेलमार्फत् सुदूरपश्चिम र देशको अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठा बढाएकोमा सम्मान गरेको हो । उहाँहरूलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।
नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, सुदूरपश्चिम समाजका अध्यक्ष रामबहादुर देउवा, सल्लाहकार जीवन बम, पूर्वअध्यक्ष गणेश विष्टलगायतले दीपक र आयशालाई सम्मान गर्नुभएको हो । सभापति विष्टले खेलमार्फत् देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन विष्ट र शाक्यले पुर्याएको योगदान देशले कहिल्यै नबिर्सिने बताउनुभयो ।
विष्ट दम्पतीले सागमा सातवटा स्वर्ण पदक जित्नुभएको छ । आठौँदेखि ११औँ सागसम्म लगातार स्वर्ण पदक जित्नुभएका दीपकले एसियाली खेलकुदमा २ कास्य पदक जित्नुभएको छ । छनोट भएर ओलम्पिक खेल्ने दीपक दोस्रो नेपाली खेलाडी हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच