नेपाल-भारत सम्बन्धलाई नयाँ दिशा दिन जरुरीः उपेन्द्र यादव

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल-भारत सम्बन्धलाई नयाँ दिशा दिन जरुरी रहेको बताउनुभएको छ ।

बुधवार नेपाल-भारतमैत्री समाजको काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल र भारतमा उपलब्ध श्रोत, साधन, ज्ञान, विज्ञान र प्रविधिलाई प्रयोग गरेर विकास निर्माणमा लाग्नुपर्ने बताउनु भयो । उहाँले दुवै मुलुकमा रहेको गरिबी, बेरोजगारी, अशिक्षालाई दुवै देश एक आपसमा मिलेर समाधान गर्नुपर्ने बताउनु भयो । उहाँले विकास, उद्योग, व्यापार वा कारोबारको साझेदारीको रुपमा अघि बढ्नसके मात्रै दुवै देशले सोचेको विकास निर्माण हुनसक्ने बताउनु भयो । उहाँले भएका मनमुटावलाई सँगै बसेर छलफलका माध्यमबाट समाधान गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो दुवै देशको सम्बन्धलाई अब हामीले नयाँ धारा र नयाँ दिशा दिन जरुरी छ । त्यो के हो भने जो नेपाल र भारतमा दुवै मुलुकमा जुन उपलब्ध श्रोत, साधन, ज्ञान, विज्ञान र प्रविधि छ, त्यसको उपयोगबाट हामीले विकासको लक्ष्य प्राप्त गर्न सक्नेछौँ । दुवै मुलुकमा रहेको गरिबी, बेरोजगारी, अशिक्षाबाट जो पीडित छन्, वञ्चित छन्, त्यसको समाप्त गर्न विकास, उद्योग, व्यापार वा कारोबारको साझेदारीको रुपमा अघि बढ्न आवश्यक छ । दुवै देशको सम्बन्धलाई अब दुवै देशको विकास र अघि बढ्नका लागि एक आपसमा मिलेर अघि बढ्नुपर्छ । सँगै भइसकेपछि केही न केही मनमुटाव हुन्छ नै तर त्यसलाई एक आपसमा छलफल गरेर टुंग्याउनुपर्छ ।’

अध्यक्ष यादवले एक अर्का देशबीच एकअर्काको हीतलाई समेटर अघि बढ्न जरुरी रहेको बताउनु भयो । नेपालका नागरिकहरु भारत गएपछि फर्किंदा र भारतका नागरिक नेपालबाट फर्किंदा समस्या झेल्नुपरेको भन्दै त्यसलाई समाधान गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?