मौलिक हक कार्यान्वयनको कानुनी व्यवस्था गर्न माग

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभा सदस्य अब्दुल खानले संविधानले दिएका मौलिक हक कार्यान्वयनको कानुनी व्यवस्था गर्न माग गर्नुभएकाे छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले संविधानमा मौलिक हकको व्यवस्था भए पनि कार्यान्यन नहुँदा धेरै नागरिक अधिकारबाट बन्चित भएको बताउनुभयाे । मौलिक हक कार्यान्वयनका लागि कानुन बनाउनुपर्ने उहाँको जोड छ ।

'संविधान जारी भएको तीन वर्षभित्र मौलिक हकहरूको कार्यान्वयनमा कानुनी व्यवस्था हुनुपर्छ भन्ने उल्लेख छ । तर, आठ वर्ष बितिसक्दा पनि मौलिकहरूको कानुनी व्यवस्था नभएको कारणले धेरै दलित, मुस्लिम, जनजाति आदिवासीहरू विभिन्न अधिकारहरूबाट वञ्चित छन्। छिटोभन्दा छिटो मौलिकको कानुनी व्यवस्था गरियोस्,’ बैठकमा सांसद खानले भन्नुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?