रास्कोटको नीति तथा कार्यक्रम : विद्यालय नर्सिङदेखि कृषि, पर्यटन र स्वास्थ्य बीमासम्म

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । कालीकोटको राष्कोट नगरपालिकाले बिद्यालय नर्सिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरको १२ औं सभामा प्रस्तुत नीति तथा कार्यक्रममा बालबालिकाको सर्वाङ्गीण विकासका लागि बिद्यालय नर्सिङ कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । नगरले वडा कार्यलय निर्माण, स्वास्थ्य बीमा लागू गर्ने, कृषि क्षेत्रको विकासका लागि बृहत् सिँचाइ आयोजना सञ्चालनमा ल्याउने नीति लिएको छ ।

नगर प्रमुख धर्मराज शाहीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गत आर्थिक वर्ष २०७९।०८० का सबै कार्यक्रमलाई निरन्तरता दिँदै थप कार्यक्रममा नर्सिङ कार्यक्रम, वडाका भवन निर्माण, खानेपानी सञ्चालन, लक्षित बर्गका कार्यक्रमलाई प्राथमिक्ता दिने बताउनुभयो । पर्यटन बिकासका लागि देउरामालिका हुँदै बडिमालिका सम्म बाटो निर्माण कार्यलाई प्राथमिक्ता दिने बताइएको छ ।

नगरको नीतिमा स्थानीय रैथाने वालिको संरक्षणका लागि भटमास, कोदो, सिमि, कागुनो र फापर खेतिलाई जोड दिन कृषकलाई प्रोत्साहन गर्ने बताइएको छ । यस्तै शिक्षातर्फ विद्यालय समायोजन, शैक्षिक गुणस्तर सुधारका लागि प्रअ र सुरक्षा गार्डलाई पूर्णकालिन बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । राष्कोट नगरपालिकाले आर्थिक वर्ष २०८०।०८१ का लागि ४९ करोडभन्दा बढीको बजेट ल्याएको छ ।

नगर उपप्रमुख मनिराज बरालले वजेट प्रस्तुत गर्दै नगरको बिकासमा लागि ४९ करोड ९१ लाख १५ हजार सात सय रूपियाँ रहेको बताउनुभयो । उहाँले मुलुकको आर्थिक मन्दीकाबीच बजेट कार्यान्वयन गरिने बताउनुभयो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही 

तस्बिर: मान बहादुर बिश्वकर्मा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?