दराजको दशैं धमाका

Read Time = 3 mins

काठमाडौंं । मेगा इभेन्ट दराज महोत्सव आयोजना गरेको केही दिनमै आगामी दशैं पर्वका लागि दराजले आफ्नो वार्षिक दशैं धमाका अभियान घोषणा गरेको छ । अभियान गत वर्षको तुलनामा अझै ठूलो र भव्य हुने कम्पनीले जनाएको छ । अभियानका मुख्य विशेषतामा ७० प्रतिशतसम्मको मेगा डिल, निःशुल्क सिपिङ, २५ सयसम्मको प्रि-पेमेन्ट छुट, १० हजारसम्मको मेगा भाउचर, खेल एक रुपैयाँको र बम्पर उपहारका रूपमा नियु एनक्वी इलेक्ट्रिक स्कुटर जित्ने मौका रहेको छ । कार्ड प्रि-पेमेन्ट छुटअन्तर्गत ग्राहकले डेबिट कार्डमार्फत् १५ प्रतिशत अर्थात् अधिकतम दुई हजार र क्रेडिट कार्डमार्फत् २० प्रतिशत अर्थात् अधिकतम २५ सयसम्मको छुट पाउन सक्नेछन् ।

विशेषगरी नबिल बैंक, एनआइसी एशिया बैंक, सानिमा बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक, एनसिसी बैंक, सांग्रिला विकास बैंक र ज्योति विकास बैंकका ग्राहकले उल्लिखित छुट प्राप्त गर्न सक्ने दराजले जनाएको छ । साथै एनआइसी एशिया बैंक, सानिमा बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंकका ग्राहकले क्रेडिट कार्डमार्फत् शून्य ब्याजको सहज मासिक किस्ता योजना (इएमआई) पनि प्राप्त गर्न सक्नेछन् ।

अभियानको पहिलो दिनमा आइएमई पे वा इसेवा वालेटमार्फत् भुक्तानी गर्ने ग्राहकले सीमित घण्टाका लागि १५ प्रतिशत अर्थात् अधिकतम एक हजार रुपैयाँसम्मको अतिरिक्त छुट पनि पाउने कम्पनीले जनाएको छ । दराज दशैं धमाकामा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डबाट विशेष डिल र छुट उपलब्ध हुनेछ भने ग्राहकले मन पर्ने ब्राण्डमा ७० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ ।

अभियानका लागि डायमण्ड पार्टनर्समा रोहटो, गोल्डस्टार, एमआई र क्युएनयु रहेका छन् भने प्लेटिनम पार्टनर्स साझेदारमा वाओ, आमय्रा फेसन हाउस, सिजी डिजिटल, फिलिप्स, एडिडास फ्याक्ट्री आउटलेट र कडेन्स नेपाल रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?