प्रभु साह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागी भएको शंकर पोखरेलको खुलासा

फाइल तस्वीर

Read Time = 3 mins

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरलले पार्टीका स्थायी कमिटी सदस्य प्रभु साह अराजनीतिक षडयन्त्रको नमुना भएको आरोप लगाउनु भएको छ। रौतहट ३ मा पार्टीको उम्मेदवारको टिकट लगेर अन्तिममा आफू स्वतन्त्र उठेपछि प्रभु साह विवादमा आउनु भएको छ ।

प्रभु साहको यो कार्यशैलीको एमाले अध्यक्ष केपी ओलीले आपत्ति जनाउनु भएको छ । उहाँले साह पहिलेदेखि नै संदिग्ध गतिविधिमा रहेको सूचना आफूले पाएकोसमेत खुलासा गर्नुभयो। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले त साहलाई हरियो सर्पको विशेषण नै दिनुभएको छ ।

प्रभु साहले मधेसमा एमाले र जसपाबीचको तालमेलप्रति आपत्ति जनाउँदै जसपाले उम्मेदवारी दिएका सबै प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिन लगाउनु भएको छ। उहाँले पार्टीले जसपालाई मधेस बुझाएको टिप्पणी गर्नुभएको छ । तर, एमाले महासचिव पोखरेलले जसपासँगको तालमेलको सम्झौता बैठकमा प्रभु साह नै सहभागी भएको र सोही निर्णयअनुसार आफूले टिकट लगेर मनोनयनको दिन समय गुजारेर स्वतन्त्र उम्मेदवारी दिएको खुलासा गर्नुभएको छ ।

पोखरेलले बुधबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै साह अराजनीतिक षडयन्त्रको नमुना भएको आरोप लगाउनु भएका छ । उहाँले लेख्नुभएको छ, ‘प्रभु साह जसपासँगको तालमेलको सम्झौता वैठकमा सहभागी हुनु भो । उक्त सहमतिपश्चात मधेस प्रदेशमा उम्मेद्वार टुंगो लगाउने छलफलमा बस्नु भो । निर्णय भएअनुसार रौतहटको टिकट पनि लिएर जानु भो । तर पार्टीलाई धोका दिएर अन्तिम समयमा आफूले स्वतन्त्र उम्मेद्वारी दिनु भो र अन्य क्षेत्रका उम्मेद्वारको टिकट समेत नदिकन समय गुजार्ने षडयन्त्र गर्नु भो । राजनीतिमा यस प्रकारको षडयन्त्रलाई असहमतीको जामा लगाउनुको कुनै अर्थ छैन । यस प्रकारको छलछाम गठबन्धनका नेतासँगको षडयन्त्रपूर्ण साठगाँठ नै हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?