हरेक पहाडका टाकुरालाई पर्यटन स्थल बनाऔँ : वामदेव गौतम

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरेक पहाडको टाकुरालाई पर्यटन स्थल बनाएर नेपालको विकास गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले नेपालमा रहेका १० हजार भन्दा बढी पहाडी टाकुरालाई पर्यटन स्थलको रुपमा विकास गर्नुपर्ने बताउनुभएको हो । उहाँले नेपाललाई भूगर्भ र सतहअनुसार किावस गर्न नसक्दा दिगो विकास हुन नसकेको बताउनु भयो ।
उहाँलै नेपालको जमिन हल्लिरहेको भन्दै उहाँले कुनैपनि बेला विपद्जन्य घटनाहरु हुनसक्नेप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले नेपालको नेतृत्वमा भौगोलिकताअनुसार विकास गर्ने सोच नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले हाम्रो देशको भूगर्भित, सतहको आधारमा विकास गरेनौँ । दिगो विकास गरेनौँ । त्यसकै परिणाम आज हामी भोग्दैछौँ । पोहोर साल हाम्रो सगरमाथा बढ्यो । यो प्रमाण के हो भने हाम्रो जमिन हल्लिरहेको छ । हल्लिरहेको जमिन हो, कुनैपनि बेला बाढी आउन सक्छ । थोरै मात्रै केही तलमाथि प¥यो की पहिरो गइहाल्छ । हामीले यस्तो ठाउँमा कसरी विकास गर्ने भन्ने सोचाई भएन । यो परिवर्तन गर्नुपर्छ । हिमालमा त्यही किसिमको व्यवस्थापन गरौँ । हरेक पहाडको टाकुरामा एउटा पर्यटन स्थल बनाउनुपर्छ । त्यस्ता टाकुरा १० हजार भन्दा धेरै छन् । त्यहाँ पर्यटन स्थल बनाइदियो भने पर्यटन कहाँ राखौँ भन्ने अवस्था आउँछ तर हामीले त्यो गर्न सकेनौँ । अरुको देखेर जहाँ पनि डोजर चलाएका छौँ । त्यसको निययन्त्रण गरौँ र दिगो विकास त्यहाँ लागू गरौँ ।’

सदस्य गौतमले पहाडमा जबरजस्ती चलाइएको डोजर आतंक रोकेर दिगो विकास लागू गर्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?