काठमाडौं । नेपाल टेलिकमले आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने प्रविधि सञ्चालन गर्दै आएको छ । सो सेवाअन्तर्गत आफ्नै मोबाइल नम्बर देखिने गरी १० हजारसम्म मोबाइल नम्बरमा सन्देश (एसएमएस) पठाउन सकिन्छ । दुई हजार, पाँच हजार र १० हजारवटासम्म मोबाइल नम्बरमा सन्देश पठाउन सकिने सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा उपलब्ध छ ।
प्रतिसन्देश ५० पैसामा पठाउन सकिने प्याकमा दुई हजार एसएमएस दुई दिनभित्र पठाउन जम्मा एक हजार रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । दुई हजार पाँच सय रुपैयाँमा पाँच दिनभित्रमा पाँच हजार एसएमएस पठाउन सकिनेछ भने पाँच हजार रुपैयाँमा १० दिनभित्रमा १० हजार एसएमएस पठाउन सकिनेछ । उक्त सेवा प्रयोग गर्न प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ ।
मोबाइलबाट सामूहिक सन्देश पठाउन आफ्नो कन्ट्याक्टमा भएका नम्बर एक्सेल सिटमार्फत् अपलोड गर्नुपर्ने हुन्छ । एक्सेल सिटमार्फत् एकपटकमा एक हजार नम्बरमा पठाउन सकिने हुँदा एक हजारभन्दा बढीका लागि सोही प्रक्रिया दोहो¥याउनुपर्ने कम्पनीका प्रवक्ता शोभन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच