ओखलढुंगामा पहिरोले तीन घर बगायो, तीन जनाको मृत्यु, एक बेपत्ता

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

-राजकुमार कार्की

ओखलढुंगा । चम्पादेवी गाउँपालिका-८ बिलन्दुमा बिहीबार राति पहिरोले तीन घर बगाएको छ । पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

पहिरोले घर पुरिँदा स्थानीय ३६ वर्षका रणबहादुर गुरुङ र उहाँकी श्रीमति २९ वर्षकी शिवमाया गुरुङ, छोरी १८ महिने कृतिका गुरुङ घट्नास्थलमै मृत्यु भएको हो ।

१० बर्षीय छोरा दिनेश गुरुङ अझै बेपत्ता हुनुहुन्छ । बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दीपकबहादुर केसीले बताउनुभयो ।

स्थानीय अन्य दुई जना बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर बगाए पनि परिवारका सदस्यहरू भागेर जोगिन सफल भएका छन् । ८० बर्षीय बल बहादुरको तीन जनाको परिवार थियो भने ८० वर्षकै जहरसिँह गुरुङको परिवारमा ६ जना रहेका छन् । राति नै स्थानीयले प्रहरीलाई पहिरोबारे जानकारी दिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली घटनास्थल पुगेर स्थानीयसहित उद्धारमा खटिएका थिए ।

उद्धारका लागि थप प्रहरीसमेत जिल्लाबाट खटिएर घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण ठूलो मानविय क्षती भएको चम्पादेवी-८ का वडा अध्यक्ष खड्ग बहादुर बराल (हरि) ले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?