नागरिकता विधेयक कार्यान्वयन गर्न सर्वोच्चले दिएको आदेशमा के छ ? (पूर्णपाठ)

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सर्वोच्च अदालतको बिहीबारको फैसलासँगै नागरिकता ऐन कार्यान्वयनको बाटो खुलेको छ ।

लामो विवाद र राजनीतिक खिचातानीका कारण उल्झनमा रहेको नेपाल नागरिकता ऐन सर्वोच्च अदालतको बिहीबारको फैसलासँगै कार्यान्वयनको बाटो खुला भएको हो । यससँगै संविधानअनुसार जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने भएका छन् ।

न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले संसदबाट दुई–दुई पटक पारित भएको नागरिकता विधेयक प्रतिनिधिसभाको कार्यकाल सकिएपछि निश्क्रिय भयो वा शून्यमा गयो भन्न नमिल्ने ठहर गरेको छ ।

तत्कालीन राष्ट्रपतिले संविधान बमोजिम प्रमाणीकरण नगर्दा सिर्जित संवैधानिक शून्यता एवं जटिलता समेतलाई दृष्टिगत गरी प्रमाणीकरण गरेको पाइएको आदेशमा उल्लेख छ । यो प्रमाणीकरणलाई प्रथम दृष्टिमा असंवैधानिक भन्न मिल्ने अवस्था नदेखिएको ठहर गर्दै इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएन ।

अदालतको आदेशसँगै जन्मसिद्धका सन्तानले तत्कालै नागरिकता पाउने बाटो खुलेको, तर गैरआवासीय नेपाली तथा आमाको नाममा नागरिकता लिने विषयमा कार्यविधि बनाएर कार्यान्वयन गरिने गृह मन्त्रालयले जनाएको छ ।

गत वर्ष तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरी होल्डमा राख्नुभएको थिाये । तर उक्त विधेयक १७ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको थियो ।

पूर्वराष्ट्रपति भण्डारीले दुई पटकसम्म प्रमाणित नगरी संसद्मै फिर्ता पठाएको विषय भएकाले राष्ट्रपति पौडेलले विधेयक ब्युँताउने संवैधानिक आधार खोज्न कानुनी परामर्श समेत गर्नुभएको थिाये । पुरानै संसद्बाट पारित भई राष्ट्रपतिकहाँ ‘होल्ड’ विधेयक नवनिर्वाचित राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको थियो ।

गत १७ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक प्रमाणीकरण गर्नुभएको थियो । प्रमाणीकरणको विरुद्धमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेसमेतले १९ जेठमा सर्वोच्चमा रिट दर्ता गराउनु भएको थियो ।

हेर्नुहोस् सर्वोच्चको आदेशको पूर्णपाठ

 

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?