‘द भ्वाइस’को अमेरिकामा नेपालीमूलकी परिजिताको प्रशंसा

Read Time = 2 mins

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी १७ वर्षीया किशोरी परिजिता बाँस्तोलाले राम्रो प्रस्तुति दिनुभएको छ । मंगलवार राति शोको ब्लाइण्ड अडिशनमा उहाँले प्रस्तुति गर्दा चारैजना कोच मन्त्रमुग्ध भए ।

उहाँको प्रस्तुतिमा सबै कोच टर्न भएका थिए । उक्त शो मा जोन लेजेण्ड, क्यामिला काबेलो, ग्वेन स्टेफानी र ब्लेक शेल्टन कोचका रूपमा भूमिका हुनुहुन्छ ।

चारैजना कोचले परिजिताको गायकीको खुलेर प्रशंसा गर्नुभयो । उहाँले तिमोथी लि म्याकेन्जीको चर्चित अंग्रेजी गीत ‘जेलस’ गाउनुभएको थियो । निर्णायकहरूले उहाँसँग सहकार्य गर्न गाउँदा खुशी लागेको समेत बताउनु भएको छ ।

परिजिताले आफ्नो कोच छान्नुअघि चारैजना निर्णायकलाई नेपालबाट लगेको रुद्राक्षको माला लगाइदिनुभएको थियो । परिजिताको प्रस्तुतिको भिडियो सार्वजनिक भएसँगै चौतर्फी तारिफ भइरहेको छ । नेपालीहरूले पनि उहाँको निकै प्रशंसा गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?