आगामी बजेट कार्यान्वयनको पूर्वतयारी

Read Time = 2 mins

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/०८१ को बजेट कार्यान्वयनका लागि पूर्वतयारी सुरु गरेको छ । शुक्रबार मन्त्रालयमा चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा विषयगत मन्त्रालयका सचिवसँग छलफल भएको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा स्रोतको अवस्था हेरी सिर्जित दायित्व भुक्तानीलाई प्राथमिकता दिन सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभयोे । उहाँले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट कार्यान्वयन गर्न अहिलेदेखि नै ठोस कार्ययोजना बनाई समय तालिका बनाएर अघि बढ्न सचिवहरूको ध्यानाकर्षण गराउनुभयो । अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा समावेश भएका बजेट प्रणाली सुधारका कार्यक्रम कार्यान्वयनमा दृढ भई तयारी सुरु गर्नसमेत निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, ‘बजेट प्रस्तावमा जे प्रतिबद्धता भएको छ, त्यो कार्यान्वयन हुन्छ ।’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र मुख्यसचिव डा. वैकुण्ठ अर्यालले समेत बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्न निर्देशन दिनुभयो । बैठकमा अर्थ मन्त्रालयतर्फबाट चालु र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका सम्बन्धमा भएको प्रस्तुतिउपर मन्त्रालयका सचिवहरूले आ-आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?