जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका-३ धम्जा देउरालीमा जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा जिपमा सवार सोही ठाउँका १९ वर्षीय विजय विक रहेका छन् । घाइते भएका जिपमै सवार अन्य दुईजनाको धौलागिरी अस्पतालमा उपचार भएको छ ।

बागलुङको सदरमुकामबाट ओखलेतर्फ जाँदै गरेको ग १ ज ७१९० नम्बरको बोलेरो जिप सडकबाट करिब २५ मिटर तल खसेको थियो । दुर्घटनालगत्तै चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?