प्रचण्ड सरकार नै अहिलेको एकमात्र विकल्प : माधव सापकोटा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सत्ता गठबन्धनमा एक किसिमको सहमति बनेपछि असार १२ गते संसदबाट बजेट पास हुने दाबी गर्नुभएको छ ।

आईतवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सांसदहरुले संसदमा उठाएका कुराको सम्बोधन हुनुपर्ने र अर्थमन्त्री डा. प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट सुधार्ने प्रतिवद्धता जनाइसकेकाले बजेट पास हुने बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार फेरेर अहिले कुनैपनि विकल्प नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बजेट पास हुन्छ, सत्ता गठबन्धनमा एक किसिमको सहमति बनेपछि बजेट पास हुनेछ । अर्थमान्त्रीज्युले बजे संशोधन गर्छु र उठेका सवाल सुधारेर जान्छु, भन्नुभएको छ, उठेका कुरा सम्बोधन गरिनुपर्छ । अर्थमन्त्रीज्युले प्रतिवद्धता जनाउनु हुन्छ मेरो विचारमा । बाँकी कुरा सुधार गर्ने अधिकार मन्त्रीपरिषद्लाई हुन्छ । त्यसैले यहाँ केही कमिटमेण्ट गराएर पार्टी र संसदलाई आश्वस्त पार्नुहुन्छ । विधि, प्रक्रियामा लगेर उठेका विषय सम्बोधन गर्ने प्रक्रियाबाट अघि बढ्छ । प्रचण्ड सरकार फेरेर अर्को कुनै विकल्प तत्काल छैन । नेपाली काँग्रेस तयार नहुँदासम्म यो सरकार तलमाथि हुँदैन । नेपाली काँग्रेस तत्काल गठबन्धन परिवर्तन गर्ने पक्षमा छैन ।’

उहाँले नेपाली काँग्रेस तत्काल गठबन्धन परिवर्तन गर्ने पक्षमा नरहेको जिकिर समेत गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?