समाजवादी मोर्चाप्रति देउवा खुसी हुनुहुन्छ, केहीलाई भने ‘निद हराम’ भएको छ : माधव नेपाल

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

रौतहट । एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चा गठनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खुसी भएको बताउनु भएको छ ।

गृहजिल्ला रौतहट आउनु भएका अध्यक्ष नेपालले गौर नगरपालिकाको आइतबार सुरु भएको १२औं नगर अधिवेशनको उद्घाटन समारोहमा बोल्दै समाजवादी मोर्चा देखेर देउवा खुसी भएको प्रतिक्रिया दिनुभयो ।

कांग्रेस सभापति देउवाले समेत मोर्चाको विरोध गरेको भन्दै केही मिडियामा झुठो समाचार आएको उहाँको भनाइ थियो ।‘बाहिर मिडियामा झुठो प्रचार गरियो । सिँगापुर पुगेर देउवाले मोर्चा गठनको विरोध गरे भनेर प्रचार गरियो । यो सरासर गलत हो,’ उहाँले भन्नुभयो ।

यस क्रममा अध्यक्ष नेपालले अब हातमा हात मिलाएर अघि बढ्नु पर्ने भन्दै देउवाले सुझाव दिएको पनि बताउनु भएको थियो । मोर्चा गठनले केहीको 'निद हराम' भएको र केहीलाई हैरान गरेको पनि उहाँको जिकिर छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?