ड्र्यागन बोट फेस्टिभलमा चीनमा तीन दिनमा १० करोड ६० लाखद्वारा भ्रमण

Read Time = 1 min

बेइजिङ । चीनमा तीन दिने ड्र्यागन बोट फेस्टिभल बिदामा कुल १० करोड ६० लाख आन्तरिक पर्यटकले भ्रमण गरेको जनाइएको छ । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ३२.३ प्रतिशतले बढिरहेको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

बिहीबारदेखि शनिबारसम्म चल्ने बिदाको अवधिमा पर्यटन राजस्व ३७.३१ अर्ब युआन (लगभग ५.२ अर्ब अमेरिकी डलर) पुगेको छ । यसबाट राजस्व वृद्धि वार्षिकरूपमा ४४.५ प्रतिशतले बढेको पाइएको छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?