ग्लोबल बैंकद्वारा कर्मचारी तालिम

Read Time = 1 min

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम(आइएफसी)सँगको सहकार्यमा ग्लोबल आइएमई बैंकले कर्जा विभागमा कार्यरत करिब चार सयजना कर्मचारीका लागि वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयक तालिम आयोजना गरेको छ । आइएफसी पर्फमेन्स स्टयाण्डर्ड र असल वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनमा केन्द्रित रहेको तालिम कार्यक्रमलाई आइएफसीका वातावरण तथा सामाजिक जोखिम विज्ञले सञ्चालन गरेका थिए ।

अन्तर्राष्ट्रियरूपमा प्रयोग भइरहेका असल वातावरण तथा सामाजिक अभ्यास, संस्थागत सुशासनलगायतका विषयबाट बैंकको कर्जा विभागमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्घि भई समग्र बैंकिङ क्षेत्र लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?