तथ्यांकका आधारमा नीति निर्माण गरौँः सभामुख घिमिरे

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सभामुख देवराज घिमिरेले तथ्यांकका आधारमा सरकारले नीति निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
सोमवार राष्ट्रिय तथ्यांक कार्यालयले बुझाएको ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजा संसद भवन नयाँ बानेश्वरमा ग्रहण गर्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।

उहाँले राज्यका हरेक नीति तथा कार्यक्रम बनाउँदा तथ्याङ्क कार्यालयले संर्वेक्षण गरेको तथ्याङ्क उपयोगी हुने बताउनु भयो। उहाँले राज्यको नीति तथा कार्यक्रम तय गर्दा तथ्य तथ्यांक जरुरत पर्ने बताउनु भयो । उहाँले पछिल्लो जनगणना प्रतिवेदन तथ्याङ्क कार्यालयले जरोमा पुगेर सर्वेक्षण गरेको पाएको बताउनु भयो। सभामुख घिमिरेले २०६८ भन्दा धेरै वस्तुवादी तथ्यांक आएको भन्दै राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन नीति निर्माताका लागि सहयोगी हुने बताउनु भयो ।

उहाँले पछिल्लो जनगणनाको तथ्यांकले हिमाल र पहाड रित्तिँदै गएको देखाएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले हिमाल र पहाड रित्तिँदै गइ तराई वा शहरमा बसाईंसराइको असर सामाजिक र राजनीतिक दुवैतर्फ पर्ने धारणा राख्नुभयो । उहाँले तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जनसंख्याको आधारमा अब आउने निर्वाचनमा जनसंख्याको आधारमा क्षेत्र निर्धारण गर्दा पहाडमा क्षेत्र घट्ने र तराई तथा शहरमा क्षेत्र बढ्नसक्ने देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘संसदका विभिन्न समितिहरु रहेका छन् । जसमा स्वास्थ्य समिति जनसंख्याको रुपमा कस्तो छ । विगत र अहिलेसम्म आउँदा जनसंख्याको तथ्यमा आधारित कति छ । यसले सामाज र राजनीतिमा पार्ने असरहरु के हुन् । राज्यको नीति निर्माणमा पर्ने असरहरु के हुन् । अब आउने निर्वाचनमा जनसंख्याको आधारमा क्षेत्र निर्धारण गर्दा पहाडमा क्षेत्र घट्ने र तराई तथा सहरमा क्षेत्र बढ्नसक्ने भन्नेछ । १६५ को प्रत्यक्ष निर्वाचनको क्षेत्रमा कसरी जाने भन्ने कुराहरु देखाएको छ । यो तथ्याङ्क आवश्यकता अनुसार छलफल मात्रै नभएर नीति निर्माण बनाउनमा लगाउनेछु । तथ्याङ्कमा आएका तथ्याङ्का आधारमा राज्यको नीतिहरु कस्तो बनाउने र महत्व केमा दिने भन्ने हुन्छ । त्यो बाहेक शहर गाउँको अन्तर,अस्थायी व्यवसाय र अस्थायी बसोवासको ट्रेण्डलाई हामीले यो अवस्थामा जान्छौं भन्ने कुरा निर्धारण गर्न सकिन्छ ।’

राष्ट्रिय जनगणना सफल बनाएकोमा सभामुख घिमिरेले राष्ट्रिय तथ्यांक कार्यालयलाई धन्यवाद दिनुभयो । २०७९ साल चैत १० गते सार्वजनिक भएको नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?