बजेट पास नभए गठबन्धनमा नैतिक प्रश्न उठ्छ : सांसद पौडेल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बजेटलाई आवश्यकता अनुसार सच्याएर भएपनि पास गर्ने बताउनुभएको छ ।

मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सांसद पौडेलले यस्तो बताउनुभएको हो । उहाँले संसदबाट बजेट पास नहुँदा गठबन्धनमा नैतिक दबाब पर्ने भएकाले गठबन्धनले जसरी भएपनि बजेट पास गर्ने बताउनु भयो। उहाँले सरकार बजेटका विषयमा प्रश्न उठेका विषयमा कानूनी रुपमा सच्याएर बजेट पास हुने वातावरण रहेको बताउनु भयो ।

उहाँले बजेट संशोधन हुन नसक्ने भन्ने नहुने भन्दै आयोजना तथा योजनामा बजेट रकामान्तर गरेर भएपनि बजेट पास गर्नुको विकल्प नभएको बताउनु भयो । उहाँले गठबन्धनभित्रका केही सांसदहरुले बजेटमा असन्तुष्टि जनाए पनि बजेट पास हुने दाबी गर्नुभयो । उहाँले बजेट पास भएपछि पनि वर्तमान गठबन्धनको सरकार कायम रहने बताउनु भयो ।

उहाँले अहिले नै सरकार परिवर्तन हुने अवस्था नभएको भन्दै वर्तमान सरकारको निरन्तरता रहने बताउनु भयो । उहाँले बाहिर हल्ला आएजस्तो गठबन्धनमा रहेका दलले सरकार छोड्ने अर्को समिकरण बनाउने निर्णय नगरेको बताउनु भयो । उहाँले एमाले काँग्रेसको समिकरण बन्ने कुरा हल्ला मात्रै भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ सरकारले बजेट पास नगर्दा नैतिक दबाब गर्छ । गठबन्धनले बजेट पास गर्छ । प्रश्न उठेका ठाउँमा सरकारले सम्भवभएसम्म कानूनी रुपले बजेटलाई सच्याएर पास भएर अघि बढ्छ । बजेट संशोधन हुँदैन भन्ने कुरा होइन । बजेटमा परेका आयोजना र योजनाहरुमा बजेट रकामान्तर गरेर बजेट थप्ने कुरा आवश्यक पर्दा विधेयकका कतिपय विषयहरु पनि सच्याउने कुरा आफैँ विधेयक भएकाले सच्याउन सकिन्छ । आवश्यक परे बजेट सच्याएर बजेट पास गर्छौं । अहिले सरकारको जुन गठबन्धन कायम छ । त्यो कायम रहन्छ । सरकार परिवर्तन हुने स्थिति होइन । गठबन्धन भएकाले बजेट फेस गर्न चाहँदैन । सरकारमा बसेर अर्को गठबन्धन बनाएको छैन । गठबन्धनमा बसेर अर्को गठबन्धन बनाउनका छैनौं । एमाले र नेपाली काँग्रेसबीच औपचारिक निर्णय भएर सरकार बनाउन सहकार्य गर्ने कुरा भएको छैन । गठबन्धनका ठूला नेताले त्यस्तो बोल्नुभएको छैन । केही सांसदहरुले बजेटमा असन्तुष्टि जनाएर बोल्नुभएको छ । त्यो आधारमा गठबन्धनको संस्थागत हिसाबले निर्णय भएको छैन । सरकारले कुनै दल विशेष केन्द्रित भएर भ्रष्टाचारका विषयहरु उठाएको होइन । सुशासनका निम्ति नागरिकहरुले अभियान चलेन भनेर लगातार आवाज उठेको हुँदा सरकारले निष्पक्षता पूर्वक कसैको दबाब र प्रेसरमा नपरी दोषीलाई दण्डित गर्ने निर्दोषलाई सफाई दिने गरी अगाडि बढेको हो ।’

उहाँले सरकारले भ्रष्टाचारको छानबिन कुनै दल विशेषलाई केन्द्रित गरेर अनुसन्धान प्रक्रिया अघि नबढाएको बताउनु भयो। उहाँले आम नागरिकको आवाज भ्रष्टाचारजन्य विषयमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने महशुस भएकाले जनताको आवाजलाई सरकारले निष्पक्ष रुपमा सुनुवाई गर्न खोजेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?